मकवानपुर र रामेछापको विजयी, मंगलबार दुई खेल हुने

क्रिकेट र भलिबलको पनि खेल सुरु
संवाददाता
३० फाल्गुन २०७८, सोमबार २०:१७

 खबरबाकस \  प्रदेश खेलकुद विकास परिषद् बागमती प्रदेशको आयोजनामा भएको प्रथम खेलकुद प्रतियोगिताको पुरुष फुटबल प्रतियोगिता अन्तरगत मकवानपुर र रामेछाप विजयी भएका छन् । सोमबार हेटौंडाको क्याम्पा रंगशालामा पहिलो खेल रामेछाप र सिन्धुपालचोकबीच भएको खेलमा रामेछाप विजयी भएको हो ।  खेलको निर्धारित समयमा गोल नभएपछि ट्राइवेकरमा ४–२ गोल अन्तरले रामेछाप विजयी भएको हो ।

त्यस्तै, दोस्रो खेल नुवाकोट र मकवानपुरबीच भएको थियो । मकवानपुरले नुवाकोटलाई ३–० गोलअन्तरले पराजित गर्दै विजयी भएको हो ।
पहिलो हाफ गोल रहित सकिएपनि खेलको दोस्रो हाफमा ६० मिनेटमा मकवानपुरका समिरराज थोकरले गोल गरेका थिए । त्यस्तै खेलको ७८ र ८३ मिनेटमा सुदीप सापकोटाले थप दुई गोल गर्दै मकवानपुरलाई विजयी गराएका थिए । विजयी सँगै रामेछाप र मकवानपुर क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

मंगलबार दुईवटा खेल हुनेछन् । पहिलो खेल सिन्धुली र काठमाडौंबीच हुनेछ भने दोस्रो खेल भक्तपुर र रसुवाबीच प्रतिस्पर्धा हुने फुटबल खेल संयोजक कल्पना शर्माले बताउनुभयो । खेल नकआउट चरणमा खेलाइएको छ ।

ब्याटमिन्टन खेल तर्फ
हेटौंडामा भएको ब्याटमिन्टन प्रतियोगितातर्फ चितवन र ललितपुर फाइनल प्रवेश गरेको छ । विहान भएको क्वाटर फाइनल र सेमीफाइनल दुबै खेल जित्दै चितवन र ललितपुर फाइनल प्रवेश गरेको हो । चितवनले सिन्धुलीलाई ३–० र ललितपुरले धादिङलाई ३–० अंकले पराजित गर्दै फाइनल प्रवेश गरेको ब्याटमिन्टन अफिसियल राम विनय श्रेष्ठले बताउनुभयो । फाइनल खेल मंगलबार हुनेछ ।

महिला तर्फभने धादिङ र सिन्धुपाल्चोक फाइनल प्रवेश गरेको छ । सेमी फाइनलमा धादिङले ललितपुरलाई ३–२ अंकले र सिन्धुपाल्चोकले नुवाकोटलाई ३–२ अंकले पराजित गर्दै फाइनल यात्रा तय गरेको हो ।

क्रिकेट खेलतर्फ
चितवनको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको महिला क्रिकेट खेलतर्फ पहिलो खेलमा काठमाडौं विजयी भएको छ । टस जितेर ब्याटिङ गरेको भक्तपुरले १७.३ आभेर खेलेर ४१ रन बनाएको थियो । काठमाडौंले विकेट नगुमाई २.३ ओभर ट्रागेट पुरा गरि विजयी भएको हो ।

त्यस्तै दोस्रो खेल काठमाडौं र चितवनबीच भएको थियो । टस जितेर चितवनले बलिङ राजेको थियो । काठमाडौंले २ विकेट गुमाएर १८३ रन बनाउदैं चितवनलाई विशाल लक्ष्य दिएको थियो । चितवनले सबै विकेटको क्षति व्यहोर्दै १७.१ ओभरमा ६१ रन बनाएको थियो । मंगलबार चितवन र भक्तपुरबीच खेल हुनेछ । महिला क्रिकेट तर्फ तीन जिल्लाले मात्र सहभागिता जनाएको खेल संयोजक प्रेम बहादुर क्षेत्रीले बताउनुभयो । पुरुष तर्फको खेल भने चैत्र २ गतेबाट हुनेछ । पूरुषतर्फ सिन्धुलीले सहभागिता जनाएको छैन् ।

भलिबल खेल तर्फ

प्रदेश खेलकुद प्रतियोगिता अन्तरगत सोमबारबाट चितवनको माडी खेलकुद मैदानमा भलिबल खेलको सुरु भएको छ । लिग चरणमा भएको महिला तथा पुरुष भलिबल खेलमा भएको हो । महिला तर्फ दुई वटै खेलमा पराजित हुदैं समूहबाट बाहिरिएको छ भने अरु बाकीँ लिग खेल मंंगलबार हुने खेल संयोजक अशोक काजी थापाले बताउनुभयो ।

मकवानपुरमा चैत्र ५ गतेबाट तेक्वान्दो प्रतियोगिता सुरु हुनेछ । सिन्धुपाल्चोकमा चैत्र ७ गतेबाट कराँते खेल हुनेछ भने काठमाडौंमा चैत्र ६ गतेदेखि एथलेटिक्स प्रतियोगिता हुने परिषदले जनाएको छ । त्यस्तै, काभ्रेमा भने चैत्र ७ गतेदेखि महिला फुटबल र ९ गतेदेखी बक्सिङ खेल प्रतियोगिता हुने सदस्य सचिव भण्डारीले बताउनुभयो ।

प्रतियोगिताको लागि आठ करोड ४ लाख रकम खर्च हुने अनुमान गरेको छ । विभिन्न खेलमा करिब २ हजार भन्दाबढी खेलाडीले सहभागिता जनाउनेछन् । खेलको समापन कार्यक्रम १२ गते शनिबार काभ्रेको धुलिखेलमा हुनेछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*