महासमिति सदस्यमा बानियाँ देखी जयराम लामिछानेसम्म चयन

खबरबाकस \ नेपाली कांग्रेस मकवानपुरले महासमिति सदस्यको टुंगो लगाएको छ । जिल्लामा रहेको दुवै प्रतिनिधिसभा क्षेत्रबाट ११/११ जना गरी २२ जना नेताहरु महासमिति सदस्यमा चयन गरिएको हो । कांग्रेस बागमती प्रदेशका सभापति इन्द्रबहादुर बानियाँको उपस्थितीमा महाधिवेशन प्रतिनिधिमध्येबाट महासमिति सदस्य टुंग्याइएको हो ।
मकवानपुरको क्षेत्र नम्बर १ बाट महिलातर्फ उर्मिला पुलामी र पवित्रा विश्वकर्मा, खुलातर्फ ईन्द्रबहादुर बानियाँ, दिनेश उपाध्याय, प्रभातकुमार दाहाल, माइकल रामचन्द्र अर्याल र रघुरमण न्यौपाने महासमिति सदस्यमा चयन भएका छन् भने आदिवासी महिलातर्फ लक्ष्मी श्रेष्ठ तथा आदिवासी खुलातर्फ अशोकराज शाक्य र सुवातसिंह थिङ र खस आर्यतर्फ राधा कोइरालालाई चयन गरिएको कांग्रेस मकवानपुरले जनाएको छ ।
मकवानपुर क्षेत्र नम्बर २ बाट महिलातर्फ उमा दाहाल र शान्तिकुमारी विक, खुलातर्फ जयराम लामिछाने, टेकनाथ शिवाकोटी, बुद्ध लामा, भरत लामा र सन्तबहादुर प्रजा महासमिति सदस्यमा चयन भएका छन् ।
आदिवासी जनजाति महिलातर्फ निर्मला हिम्डुङ तथा आदिवासी खुलातर्फ चित्रबहादुर थापा र सूर्यबहादुर रुम्बा एवम् खसआर्यतर्फ राजेश भेटवाल महासमिति सदस्यमा चयन गरिएको छ । महासमिति सदस्यमा संस्थापन पक्ष र इतर समुहका सबै नेताहरुलाई मिलाएर सर्वसम्मत चयन गरिएको छ ।