युक्रेनमा रहेका १९३ जना नेपाली सम्पर्कमा, स्लोभाकिया, पोल्याण्ड वा हंगेरीतर्फ जान दूतावासको आग्रह

काठमाडौं \ बर्लिनमा रहेको नेपाली दूतावासले युक्रेनमा रहेका नेपालीहरुलाई स्लोभाकिया, पोल्याण्ड वा हंगेरीतर्फ जान आग्रह गरेको छ । ती मुलुकहरुले युक्रेनमा फसेका विदेशी नागरिकहरुका लागि मानवीयताको आधारमा बोर्डर खुल्ला गरेको जानकारी दिंदै दूतावासले त्यतै जान अनुरोध गरेको हो ।
सुरक्षित तवरले नेपाल फर्कनका लागि सम्पर्कका आएका सबै नेपालीहरुलाई युक्रेन छाडेर ती मुलुकहरुतर्फ जान दूतावासले अनुरोध गरेको हो । शुक्रबार विज्ञप्ति प्रकाशित गर्दै दूतावासले हालसम्म युक्रेनमा रहेका १९३ जना नेपाली सम्पर्कमा आएको उल्लेख गरेको छ ।
सीमा नाकामा प्रवेश गर्ने क्रममा आफ्नो परिचयपत्र खुल्ने कागजात राहदानी वा यात्रा अनुमतिपत्र सम्बन्धमा समस्या परेमा सम्पर्क राख्न दूतावासले अनुरोध गरेको छ ।