फुटबलका मुख्य प्रशिक्षक अल्मुताइरी सम्मानित

संवाददाता
२१ माघ २०७८, शुक्रबार १४:३७

काठमाडौं \  सरकारले नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीलाघ सम्मान गरेको छ। शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवाले अल्मुताइरीलाई नगदसहित सम्मानपत्र प्रदान गरेका हुन्।

गत कात्तिक १ गते बसेको मन्त्रिपरिषद् बैठकले बंगलादेशमा सम्पन्न साफ च्याम्पियनसिप फुटबल प्रतियोगितामा उपविजेता भएको नेपाली फुटबल टोलीका खेलाडी तथा प्रशिक्षकलाई नगद पुरस्कारले सम्मान गर्ने निर्णय गरेको थियो।

असोज १५ देखि ३० गतेसम्म भएको १३ औं संस्करणको साफ च्याम्पियनसिपमा उपविजेता बनेको राष्ट्रिय टोलीका खेलाडीलाई जनही ५ लाख तथा प्रशिक्षकलाई ३ लाख रूपैयाँ नगद पुरस्काले पुरस्कृत गर्ने निर्णयअनुसार नै अल्मुताइरीलाई आज सम्मान गरिएको हो।

सरकारले गत पुष ६ गते नेपाली राष्ट्रिय फुटबल टोलीका खेलाडी तथा प्रशिक्षकहरूलाई नगदसहित सम्मान गरिसकेको छ। उक्त समयमा अल्मुताइरी नेपालमा थिएनन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*