राष्ट्रपति सीलाई स्थापित गर्ने गरी चिनियाँ कम्युनिस्ट पार्टीद्वारा ‘ऐतिहासिक प्रस्ताव’ पारित

संवाददाता
२६ कार्तिक २०७८, शुक्रबार ०८:१५

काठमाण्डाै \  चिनियाँ राष्ट्रपति सी जिनपिङलाई राजनीतिक इतिहासमा स्थापित गर्ने गरी चिनियाँ कम्युनिस्ट पार्टीले एउटा ऐतिहासिक प्रस्ताव पारित गरेको छ ।

पार्टीको एक सय वर्ष लामो इतिहासको सारांशको रूपमा रहेको यो दस्ताबेजमा पार्टीका महत्त्वपूर्ण उपलब्धिहरू र भावी दिशाबारे सम्बोधन गरिएको छ । हिजो चीनको सबैभन्दा महत्त्वपूर्ण राजनीतिक बैठकको छैटौँ पूर्ण सत्रमा यो दस्ताबेज पारित भएको हो । पार्टी स्थापना पछि यस्तो प्रस्ताव पारित भएको यो तेस्रो पटक हो ।

पहिलो पटक सन् १९४५ मा माओत्से तुङ् र दोस्रो पटक सन् १९८१ मा दङ सिओपिङले यस्तो प्रस्ताव पारित गरेका बीबीसीले जनाएको छ । यो कदम पार्टीका संस्थापक माओ र उहाँका उत्तराधिकारी दङसँग सीलाई बराबरीको हैसियत प्रदान गर्नेप्रति लक्षित रहेको खबरमा उल्लेख छ ।

आउँदाे वर्ष हुने नेशनल कंग्रेस बैठकमा सीले ऐतिहासिक रूपमा राष्ट्रपति पदमा तेस्रो कार्यकालको माग राख्ने अपेक्षा गरिएको छ । सन् २०१८ मा चीनले राष्ट्रपतिका लागि दुई कार्यकालको व्यवस्था खारेज गरेको थियो जसले सीलाई आजीवन शक्तिमा रहने बाटो खोलिदिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*