थाहा नगरमा भएको भलिबलको उपाधि आमभन्ज्याङलाई

हेटौंडा \ बिनयबाबु स्मृति प्रतिष्ठानले थाहा नगरपालिकामा आयोजना गरेको जिल्ला स्तरीय बिनयबाबु स्मृति रनिङ शिल्ड पुरुष भलिबल प्रतियोगिताको उपाधि आमभन्ज्याङ युवा क्लब मकवानपुरगढीले हात पारेको छ।
थाहा २ मा रहेको खेल मैदानमा शुक्रबार सम्पन्न फाइनल खेलमा आमभन्ज्याङ युवा क्लबले आयोजक बिनयबाबु स्मृति प्रतिष्ठानलाई २५-१८, २६-२४, १५-२५, २७- २५ को सेटमा पराजित गरि उपाधि हात पारेको हो।
उपाधि जितेसंगै आमभन्ज्याङले ५१ हजार ५१ रुपैयाँ नगद, शिल्ड, मेडल, प्रमाणपत्र प्राप्त गरेको छ।उपबिजेता आयोजक बिनयबाबु स्मृति प्रतिष्ठानले २६ हजार २६ प्राप्त गर्दै चित्त बुझाएको छ।
जारी प्रतियोगिताको उत्कृष्ट खेलाडी आमभन्ज्याङका बिशाल गोपाली, उत्कृष्ट स्पाइकर आयोजकका सबिन कार्की, उत्कृष्ट सेटर आमभन्ज्याङका अजय माझी, उत्कृष्ट ब्लकर आयोजकका मनिश लामा, उत्कृष्ट डिफेण्डर आमभन्ज्याङका रोशन गोपाली, उत्कृष्ट कोच आमभन्ज्याङका रन्जन अमात्य, उदयमान खेलाडी आमभन्ज्याङका अमृत तिमिल्सिना घोषित भएका थिए ।कात्तिक १६ देखि भएको भलिबल प्रतियोगितामा १७ टिमको सहभागिता रहेको थियो ।
प्रतियोगिता समापन समारोहकै क्रममा शिक्षा तथा खेलकुदको क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्याउनु भएका जनकल्याण माबि पालुङका प्रधानध्यापक सानोभाई कार्कीलाई दोसल्ला र सम्मानपत्र सहित सम्मान गरिएको थियो ।