राखेपका सदस्य सचिव रमेश सिलवाल बर्खास्त

काठमाडौं \ राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्यसचिव रमेश सिलवाल बर्खास्त भएका छन्।
सोमबारको मन्त्रिपरिषद् बैठकले सदस्यसचिव सिलवाललाई बर्खास्त गर्ने निर्णय गरेको हो ।
सरकारले सिलवाललाई यसअघि स्पष्टिकरण सोधेको थियो । स्पष्टिकरण चित्तबुझ्दो नभएको भन्दै सरकारले बर्खास्त गरेको छ ।
सरकारले राष्ट्रिय युवा परिषद्का कार्यकारी उपाध्यक्षलाई पनि हटाउने तयारी गरेको छ । उपाध्यक्ष माधव ढुंगेललाई पनि स्पष्टीकरण सोधिएको छ । दुबैलाई केपी शर्मा ओली नेतृत्वको सरकारले नियुक्त गरेको थियो ।