गैर आवासीय नेपाली संघको १० औँ अन्तर्राष्ट्रिय महाधिवेशन तथा निर्वाचन स्थगित

संवाददाता
२५ आश्विन २०७८, सोमबार १५:१४

गैर आवासीय नेपाली संघको २०२१ अक्टोबर २३ देखि २५ मा हुने भनिएको १० औँ अन्तर्राष्ट्रिय महाधिवेशन, निर्वाचन र गैरआवासीय नेपाली विश्व सम्मेलन हाललाई स्थगित गर्ने भएको छ ।

संघको अन्तर्राष्ट्रिय कार्यकारी सचिवालयको भर्चुअल माध्यमबाट आइतबार सम्पन्न बैठकबाट संघको १० औँ अन्तर्राष्ट्रिय महाधिवेशन प्रतिनिधिबारे उत्पन्न विवादका सम्बन्धमा परराष्ट्र मन्त्रालयबाट प्राप्त पत्रको सन्दर्भलाई लिएर अर्को निर्णय नहुने समयसम्मका लागि स्थगित गरिएको प्रवक्ता डिबी क्षेत्रीद्वारा जारी विज्ञप्तिमा जनाईएको छ ।

मन्त्रालयको पत्रको सम्बन्धमा कानुनविद् र अन्य सम्बन्धितहरुसँग परामर्श गरी यथाशीघ्र महाधिवेशनको नयाँ मिति तोक्ने निर्णय गर्दै बैठकलेसंघको महाधिवेशनका लागि काठमाडौं आइसक्नु भएका र आउन तयार रहनु भएका प्रतिनिधिहरुमा पुगेको असुविधाप्रति संघले क्षमा समेत मागेको छ ।अन्तर्राष्ट्रिय समन्वय परिषद्को बैठक बसेर परिस्थितिमाथि छलफल गरि थप निर्णय गरिने समेत उल्लेख गरिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*