बेलायत सरकारले सोमबार बिहान ४ बजेदेखि नेपाललाई रेड लिस्टबाट हटाउने

संवाददाता
२२ आश्विन २०७८, शुक्रबार ०४:५३

बेलायत सरकारले आगामी सोमबार बिहान ४ बजेदेखि लागु हुने गरी नेपाललाई रेड लिस्टबाट हटाएको छ। नेपालसंगै यसअघि रेड लिस्टमा रहेका अधिकांश मुलुकहरु रेड लिस्टबाट हटेका छन भने अब कोलम्बिया, डोमिनिक रिपब्लिक, पेरु, पानामा, इक्वेडर, भेनेजुएला र हाइटी मात्र रेडलिस्टमा रहेका छन् ।

रेड लिष्टबाट हटेपछि अब कोभिड विरुद्ध  दुबै डोज खोप लगाएका यात्रुहरूले अब आगामी सोमबार बिहान ४ बजे पछी नेपालबाट बेलायत आईपुगेमा होटेल क्वारेन्टिनमा बस्नु पर्ने छैन् ।

 

बेलायतको पछिल्लो निर्णयले परिवारसंगको भेटघाट र दशैं-तिहार मान्न नेपाल जानेहरुलाई सहज हुने भएको छ । त्यसैगरी, उच्चशिक्षा अध्ययनका लागी बेलायत आउने विद्यार्थीहरुलाई पनि  होटेल क्वारेन्टिन बस्नु नपर्ने भएकाले थप आर्थिक भारबाट राहत मिल्ने भएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*