एनआरएनए उपाध्यक्ष मोहन कार्कीले नेपाल सरकारका कानून मन्त्रीसंग भेटे, नेपाली नागरिकता निरन्तरताको लागी पहल

संवाददाता
१८ भाद्र २०७८, शुक्रबार १८:४६

काठमाण्डौ /  गैर-आवासीय नेपाली संघ बेलायतका उपाध्यक्ष मोहन कार्की र नेपाल सरकारका कानून न्याय तथा संसदीय व्यवस्था मन्त्री ज्ञानेन्द्रबहादुर कार्की बिच भेट बार्ता भएको छ। भेटमा उपाध्यक्ष कार्कीले गैरआवासीय नेपालीको नागरिकता निरन्तरता सुनिश्चितताको पहल गरिदिन बिशेष आग्रह गरेका छन् ।

 

एनआरएनए यूकेको नेपाली नागरिकता निरन्तरता विभागका संयोजक समेत रहेका उपाध्यक्ष कार्कीले हिजो शुक्रबार सिंहदरबारस्थित मन्त्रालयमै पुगेर मन्त्री कार्कीसँग नागरिकताको निरन्तरता लगायतका विविध बिषयमा छलफल गरेको जानकारी दिएका छन ।

 

मन्त्री कार्कीसँगको भेटमा उनले नेपाली नागरिकताको निरन्तरताका लागि ऐनमा आवश्यक संशोधन गर्न तथा नेपाललाई बेलायतको  ‘रेड लिस्ट’ बाट हटाउन पहल गरिदिन समेत आग्रह गरेको र मन्त्री कार्कीबाट सकारात्मक प्रतिक्रिया पाएको उपाध्यक्ष कार्कीले बताए । संविधानमै भएको नागरिकता निरन्तरताको व्यवस्थालाई आवश्यक ऐनहरु संशोधन गर्दै सक्दो चांडो कार्यान्वयनको चरणमा लैजाने प्रतिवद्धता मन्त्री कार्कीबाट आएको जानकारी समेत उपाध्यक्ष कार्कीले दिएका छन। बेलायतले नेपाललाई रेड लिस्टमा राखेको कारण नेपालको पर्यटन क्षेत्रमा ठूलो नोक्सानी पर्नुका साथै चाडपर्वका लागी आवतजावत तथा अन्य अत्यावश्यक अवस्थामा पनि यात्रा गर्न कठिनाइ भइरहेको प्रति पनि उपाध्यक्ष कार्कीले मन्त्रीको ध्यानाकर्षण गराएका थिए ।

 

उपाध्यक्ष कार्की आफनो आमाको असामयिक निधन भएकोले काजकिरियाको लागि नेपाल गएका थिए र तेह्रौं दिनको संस्कार सकिएलगत्तै एनआरएनएनको अभियानमा सक्रिय बनेका छन् । उनले  आगामी साता गृहमन्त्री बालकृष्ण खांडसंग समेत भेट गर्ने योजना रहेको र गैर-आबासीय नेपालीहरूको समस्या र विविध बिषयमा छलफल र ध्यानाकर्षण गराउने समेत जानकारी दिएका छन।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*