बेलायतको नेपाली दुताबास र एनआरएनए स्कटल्यांडबीच सेवा विस्तारबारे अन्तरक्रिया सम्पन्न

संवाददाता
१७ भाद्र २०७८, बिहीबार १९:४०

-घनश्याम भण्डारी

बेलायत / स्कटल्यांड /नेपाली दूतावास लण्डन र एनआरएनए स्कटल्यान्डबीच  नेपाली समुदायमा सेवामूलक कार्यक्रम संचालनबारे बुधवार बृहत अन्तरक्रियात्मक कार्यक्रम सम्पन्‍न भएको छ ।

 

एनआरएनए स्कटल्यान्डका अध्यक्ष काशीराम भण्डारीको सभापतित्वमा सम्पन्‍न सो कार्यक्रममा बेलायतका लागि नेपाली राजदूत लोकदर्शन रेग्मी, कन्सुलर रोशन खनाल, दूतावासको टोली र एनआरएन स्कटल्यान्डसंगआबद्ध व्यक्तिहरु र स्थानीय समाजसेबीहरूको उल्लेख्य सहभागिता रहेको थियो।

 

काउडेन बेथ फाईफस्थित नमस्ते सिमला प्यालेस रेस्टूरेंटमा आयोजित कार्यक्रममा एनआरएनए-स्कटल्यांडका महिला प्रातिनिधीहरुको सहितको सहभागीतामा नेपाल दूताबास बेलायतलाई समाजसेवी शेर केसीको समूहले  नौमती बाजाका साथ भव्य स्वागत तथा सम्मान गरिएको थियो।

 

उक्त समारोहमा एनआरएनए- स्कटल्यांडका प्रमुख संरक्षक भोला खनालले  स्वागत मन्तव्य राखेकाथिए भने महामहिम राजदूत रेग्मीले एनआरएनए-स्कटल्यांडको नबनिर्बाचित कार्यसमितिलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिएका थिए । मन्तव्यका क्रममा राजदूत रेग्मीले स्कटल्यांडमा घुम्ती शिविर संचालनगरी सेवाग्राहीलाई दूतावासको काम सहज गराउने जानकारी दिदै घुम्ती टोली आई सेवादिने आगामी मिती तथा समय छिट्टै जानकारी गराउने प्रतिबद्दता व्यक्त गरे।

 

एनआरएनए-स्कटल्यांडका अध्यक्ष भण्डारीले स्कटल्यांडमा बसोबास गर्ने नेपाली तथा नेपाल भ्रमणमा जाने पर्यटकहरुको समस्या समेटी समाधानको पहल गर्न अनुरोध गर्दै राजदुत रेग्मीलाई ध्यानाकर्षण पत्र बुझाएका थिए।  भण्डारीले बेलायत सरकारले नेपाललाई अझै पनि रेड लिस्टमा राखेकोले नेपाली तथा अन्य पर्यटकहरुलाई  मर्कापरेको भन्दै ध्यानाकर्षण समेत गराएका थिए।एनआरएनए स्कटल्यांडका  उपाध्यक्ष उज्वल कार्कीले उक्त ध्यानाकर्षण पत्र पढेर सुनाऊदै नेपाल  दूतावासले स्कटल्यांडबासी नेपालीलाई लक्षित गरी आफनो सेवा बिस्तारको कार्यको प्रसंशा गरेका थिए।

 

कार्यक्रम संचालक मनीष खत्रीले नेपाली भाषा कक्षा संचालन , नेपाली बिधार्थीहरूका समस्या लगायतमा दुताबासको भूमिकाको लागी अनुरोध गरेका थिए। सह-सचिब सुमी भण्डारीले एनआरएनए स्कटल्यांडमा महिला प्रतिनिधिहरूको संख्या उल्लेख्य भएको भन्दै आगामी दिनमा महिलाहरूलाई अझै सामाजिक सेवामा प्रोत्साहन गरीने बताएकी थिईन। कार्यसमिति सदस्य घनश्याम भण्डारीले एनआरएनए युकेका उपाध्यक्ष मोहन कार्कीको ममतामयी आमाको निधन भएको जानकारी गराउदै कार्यसमितिका तर्फबाट श्रद्दान्जली अर्पण गर्नुका साथै उपाध्यक्ष कार्कीको बिगतका काम र नेपाली समुदायको हितमा निरन्तर दिईएको समयको खुलेर प्रसंशा गरेका थिए।

 

स्थानीय समाजसेवी तथा बुद्धिजीवीहरु माधब भण्डारी, सागर भण्डारी, राम बगाले, राजू बम , टिका लिम्बू ,धन केसी ,राम श्रेस्ठ, गोविन्द कंडेल, शेर केसी, प्रकाश भट्ट लागायतले एनआरएनएका गतिबिधि र नेपाल दुताबासको सेवाका बारेमा चासो, गुनासो र सुझाब सहित अन्तरक्रियामा भाग लिएका थिए।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*