बेलायतमा १२औ नेपाली मेला आइतबार भव्यरुपमा सम्प‍न्‍न

संवाददाता
१७ भाद्र २०७८, बिहीबार ०४:००

बेलायत/ तमु धिं यूके र नेपाली राजदूतावास लन्डनले संयुक्त रुपमा आयोजना गरेको १२औ नेपाली मेला आइतबार २९ अगस्टता २०२१ मध्यान्ह केम्पटनपार्कमा सम्प‍न्‍न भएको छ। प्रमुख अतिथि बेलायतका लागि नेपाली राजदूत लोकदर्शन रेग्मी,गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेका अध्यक्ष प्रेम गाहा मगर,तमु धिं यूकेका अध्यक्ष हितकाजी गुरुङ,आमा समूहकी अध्यक्ष सीता गुरुङ,तमुधिं यूकेका पूर्वअध्यक्ष लगायतले संयुक्त रुपमा रिबन काटेर उद्घाटन गरेको सो सो मेला भब्य भयको थियो।


गत महिना गोरखा कप २०२१ भब्य सम्पन्न गरे लगत्तै छोटो समयको अवधीमै दुईवटा ठुला कार्यक्रम गरेर तमु धिं यूकेले अर्को ईतिहास बनाउन सफल भएको छ। सो समारोहमा उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै राजदूत लोकदर्शन रेग्मीले नेपाली मेलाले नेपाली भाषा,संस्कार,संस्कृति,भेषभूषाको विकास र संवर्द्धनमा योगदान पुर्‍याइरहेको बतानु भयो। उहाले यस मेलाले नेपाल र संयुक्त अधिराज्य बीचको सम्बन्धलाई पनि थप बलियो बनाउने विश्वास व्यक्त गर्नु भयो। कठिन परिस्थितिमा पनि कार्यक्रम आयोजना गरेकोमा तमुधिं यूके र अध्यक्ष हितकाजी गुरुङ लगायत कार्यसमितिलाई नेपाली दूतावास र नेपाल सरकारको तर्फबाट राजदूत रेग्मीले धन्यवाद दिनु भयको थियो।आगामी वर्षहरुमा नेपाली मेला कार्यक्रमलाई परिस्कृत गरेर लैजाने,नेपाल र बेलायत दुई देशबीचको व्यापार प्रवर्द्धन भव्य बनाएर लैजानेमा तमुधिं यूके र दूतावासले अठोट लिएको उहाले जानकारी दिनु भयको छ। राजदुतले नेपाली मेला आगामी दिनम भव्य बनाउनका लागि रचनात्मक सुझाव दिन नेपालीहरुलाई अपील गर्नु भयको छ आगामी कार्यक्रमअघि नै सामूहिक छलफल गरेर सल्लाह,सुझाव लिने योजना राजदूत रेग्मीले सुनाउठनु भयको छ।

औपचारिक कार्यक्रम समापनको क्रममा अध्यक्ष हितकाजी गुरुङले बेलायत सरकारको नियम पालना गर्दै मेला आयोजना गरेको भन्दै यसमा साथ दिने सम्पूर्ण नेपालीलाई धन्यवाद दिनु भयको छ। अध्यक्ष गुरुङले तमुधिं यूकेको मात्र मेला होइन,सबै नेपाली मेला हो भनेर नेपाली दूतावास लन्डनले सहयोग दिइरहेकोमा खुसी व्यक्त गर्दै आफूहरु ऋणी रहेको बताउनुभएको छ। पुरस्कार प्रायोजन गर्ने व्यक्ति तथा संस्थाहरुलाई, प्रत्यक्ष अप्रत्यक्ष रुपमा सहयोगी हातहरुलाई,कार्यक्रम भाग लिन आउनु भएका सस्था तथा नेपाली मेलामा पाल्नुभएका सम्पूर्ण दर्शकहरुमा र सम्पूर्ण संचार माध्यमहरुलाई अध्यक्ष गुरुङले धन्यवाद दिनु भएको थियो।

तमुधिं यूकेका महासचिव परशु गुरुङले सञ्‍चालन गरेको औपचारिक कार्यक्रममा मेला संयोजक एवं उपाध्यक्ष हरि गुरुङले स्वागत मन्तव्य राख्नु भएको  थियो। औपचारिक कार्यक्रममा बेलायतवासी गीतकार एवं पूर्वप्रधानाध्यापक एकेन्द्र गुरुङद्वारा संकलित, सम्पादित “बेलायतमा नेपाली गीत” पुस्तक कार्यक्रमका प्रमुख अतिथि राजदूत लोकदर्शन रेग्मी, तमुधिंका अध्यक्ष हित काजी गुरुङ,उपाध्यक्ष हरि गुरुङले पुस्तक लोकार्पण गर्नु भयको थियो । सम्पादक गुरुङलाई तमुधिंका अध्यक्ष गुरुङ र राजदूत रेग्मीले खादा लगाएर बधाई समेत दिनु भएको थियो।


नेपाली मेलाको मुख्य आकर्षण झाँकी,नृत्य प्रस्तुति रहेको थियो। सहभागीहरुको मनोबल बढाउन र अगामी सालमा धेरै भन्दा धेरैको सहभागी गराउन पुरस्कारको राम्रो बन्दबस्त थियो। यस वर्षा २२ वटा सस्थाहरुले भाग लिएको सो नेपाली मेला भब्य  थियो। यसपालीको सर्वोत्कृष्ट प्रस्तुति देखाएर सिक्लेस पार्चे कम्युनिटी यूकेले प्रथम पुरस्कार १ हजार १ सय पाउन्ड, ऐम्बेसडर कप र एनआरएनए यूके कप हात पार्‍यो। प्रथम पुरस्कारका प्रायोजक गोर्खा मोर्गेजेजका डाईरेक्टर माईकल उसर थिए।


दोस्रो पुरस्कार चार भ्याङज्याङ तमु समाज यूकेले ७ सय पाउन्ड पायो। तेस्रो पुरस्कार किरात यायोक्खा यूकेले ५ सय पाउन्ड पायो। यो उनीहरुको नेपाली मेलामा पहिलो सहभागिता थियो। झाँकीतर्फ सिक्लेस पार्चे कम्युनिटी यूके र चार भ्याङज्याङ तमु समाज यूके क्रमशः प्रथम, द्वितीय भई ५ सय र ३ सय पाउन्ड पाए। नृत्यमा पनि सिक्लेसे टोलीले नै जित्यो। ५ सय पुरस्कार पायो र दोस्रो भई राई यायोक्खाले ३ सय पाउन्ड पायो।


पुरस्कारका प्रयोजकहरुमा पुरन गिरी ७ सय,थर्क सेन ५ सय,ललितकुमार न्यौपाने ५ सय, क्या.चित्र गुरुङ ३ सय,मिलन गुरुङ ५ सय, एलबीजेड ३ सय थिए।


मेलाका लागि आर्थिक सहयोग गर्नेहरुमा तमु समाज यु के १ हजार,योगेन क्षेत्री १ हजार,मेजर कुमार गुरुङ (एमभीओ) १ हजार,रविजंग लामिछाने १ हजार पाउण्ड, कमल पौडेल ५ सय पाउन्ड,शिवजी श्रेष्ठले २ सय  पाउन्ड सहयोग गरेका थिए।


मेलामा विभिन्न किसिमका ३१ वटा स्टलहरु राखिएको थियो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*