एकीकृत नेपाली समाज लण्डन हिथ्रोको ‘तीज विशेष’ कार्यक्रम सम्पन्न

संवाददाता
१३ भाद्र २०७८, आईतवार ०५:२२

बेलायत / एकीकृत नेपाली समाज लण्डन हिथ्रोको ‘तीज विशेष’ कार्यक्रम शनिबार सम्पन्न भएको छ। स्थानीय क्रेनयुथ एण्ड कम्यूनिटी सेण्टरमा भएको कार्यक्रममा महिला दीदीबहिनीहरुले तीजको शुभकामना आदान-प्रदान गरेका थिए भने तीजको गीतमा रमाउदै दरको मिठो स्वाद लिएका थिए। उक्त कार्यक्रममा तीज गीतमा नृत्य प्रतियोगिताको समेत आयोजना गरिएको थियो।

क्याट युकेका अध्यक्ष रितेस राज पाण्डे र पत्रकार महासंघ बेलायतका सल्लाहकार डा. शिव तिवारीको विशेष उपस्थितीमा सम्पन्न उक्त कार्यक्रममा प्रथम, द्वितीय र तृतीय हुने प्रतियोगीहरुलाई पुरस्कार समेत बितरण गरिएको थियो।

कार्यक्रममा संस्थाका उपाध्यक्ष विकास सापकोटाले उपस्थित सबैलाई स्वागत गर्दै तीजको शुभकामना दिएका थिए भने महासचिव मिलन राईले हलमा संचालन गरिएको उक्त कार्यक्रमको व्यवस्थापन गरेका थिए।

तीज बिशेष कार्यक्रममा महिला दीदी बहिनीहरूलाई शुभकामना दिदै क्याट यूकेका अध्यक्ष पाण्डेले आईतबार आयोजना हुने विशेष नेपाली मेलामा सहभागी हुन सबैलाई अनुरोध समेत गरे।संस्थाका अध्यक्ष पुरुस्वत्तम खड़काले कार्यक्रम भव्य र सभ्य रुपमा सफल भएकोमा खुसी व्यक्त गर्दै उपस्थित सबैलाई धन्यवाद ज्ञापन गरेका थिए। कार्यक्रममा संस्थाका पूर्व अध्यक्ष बिजु पौडेल, समाजसेबी रमेस पौडेल लगायतको समेत उपस्थिति रहेको थियो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*