अफगानी राष्ट्रपति असरफ घानीले देश छाडे

संवाददाता
३२ श्रावण २०७८, सोमबार ०८:१४

काठमाडौं \ अफगानिस्तानका राष्ट्रपति असरफ घानीले देश छाडेका छन् । विद्रोही संगठन तालिवानले धम्की दिएपछि उनले देश छाडेको अफगानी अधिकारीलाई उद्धृत गर्दै बीबीसीले उल्लेख गरेको छ ।

तालिवानको धम्कीपछि उपराष्ट्रपति अमरुल्लाह सलेहले पनि देश छाडेका छन् । पछिल्लो १० दिनमा अफगानिस्तानका धेरै शहर विद्रोही संगठन तालिवानले आफ्नो नियन्त्रणमा लिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*