एनआरएनए स्कटल्यांडमा भण्डारी नेतृत्वको नयाँ कार्यसमितिद्वारा शपथ ग्रहण

बेलायत / स्कटल्यांड / गैर आवासीय नेपाली संघ स्कटल्यांड राज्य परिषदको नव निर्बाचित कार्यसमिति पदाधिकारी तथा सदस्यहरूको शपथ ग्रहण कार्यक्रम मंगलबार सम्पन्न भएको छ। काउडेनविथ स्कटल्यांडस्थित नमस्ते शिम्ला प्यालेस रेष्टुरेण्टमा आयोजित एक कार्यक्रममा निर्बाचन समिति संयोजक राम बगालेले एनआरएनए स्कटल्यांडका काशीराम भण्डारी नेतृत्वको कार्यसमितिमा निर्बाचित सबैलाई पद तथा गोपनीयताको सपथ गराएका थिए। उक्त समारोहमा सपथ लगतै प्रमाण पत्र पनि बितरण गरिएको थियो।
स्कटल्यांडको प्रतिनिधित्व गर्दै एनआरएनए युकेमा उपाध्यक्ष पदमा बिजयी मोहन कार्कीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा अध्यक्ष भण्डारी, उपाध्यक्ष उज्ज्वल कार्की, सचिब मनीष खत्री, कोषाध्यक्ष शर्मिला ढकाल, सहसचिव सुमि ओझा, सहकोषाध्यक्ष प्रजापति शर्मा, सदस्यहरु बलीभद्र अमाई, टिकाराम खरेल, कमला श्रेष्ठ र कृष्ण देवकोटा लगायतले मन्तव्य व्यक्त गरेका थिए।
सम्पूर्ण बिजयी पदाधिकारी तथा कार्यसमिति सदस्यहरूले बिगतका कमी कमजोरीलाई सुधार गरी एनआरएनएको पवित्र अभियानलाई सफल पार्न लागी पर्ने र संस्थाको गरिमा बढ़ाउने भन्दै आगामी दिनमा अग्रज, मान्यजनहरू र सबै स्कटल्यांडबासी नेपाली समुदायको सल्लाह अनुसार अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे।
कार्यक्रममा प्रमुख अतिथि तथा एनआरएनए युके उपाध्यक्ष कार्की, बिशेष अतिथि भोला खनाल, निबर्तमान अध्यक्ष छबीलाल अर्याल, निवर्तमान संरक्षक यज्ञमूर्ति ढकाल, स्थानीय समाजसेबी टिका लिम्बु, दिवाकर पाण्डे, राम प्रसाद कंडेल, राजेन्द्र बम, माधव रेग्मी, घनश्याम भण्डारी, डा. शिव तिवारी लगायतले नब निर्वाचित कार्यसमितिलाई बधाई तथा सफल कार्यकालका लागी शुभकामना दिएका थिए।