एनआरएनए युके अध्यक्ष प्रत्यासी मगर र स्कटल्यांड अध्यक्ष प्रत्यासी कासीराम समूह भोट माग्दै एबरडिनमा

बेलायत \ एनआरएनए युकेका अध्यक्षका प्रत्याशी प्रेम गाहा मगर समूहको विशेष उपस्थितीमा स्कटल्यांड राज्य समन्वयन परिषद अध्यक्षका प्रत्याशी काशीराम भण्डारी समूहका उमेदवारहरुको चुनावी भेला एबरडीनबासी नेपाली समुदायबिच परिचय तथा अन्तरक्रिया कार्यक्रम गर्दै सम्पन्न भएको छ।नेप्लिज हिमालयन एसोसीएसनको सभा हल एबरडिनमा मंगलबार साँझ सम्पन्न भएको कार्यक्रममा उपस्थित सबै उमेदवारहरूले आ(आफना प्रतिबद्दता प्रस्तुत गर्दै आगामी निर्वाचनमा मत दिई बिजयी गराउन अनुरोध गरेका छन। कार्यक्रममा गाहा मगरसंगै नर्दन आयरल्यांड राज्य परिषदका तर्फबाट उपाध्यक्षका प्रत्याशी नारायण दत्त कंडेल, स्कटल्यांडबाट उपाध्यक्षका प्रत्यासी मोहन कार्की, एनआरएनए युके युथ कोअर्डीनेटर प्रत्यासी अनिल मल्ल, सदस्यका उमेदवार उपेन पौडेल लगायतको उपस्थिति रहेको थियो।
एबरडीनमा भएको कार्यक्रममा एनआरएनए युकेका अध्यक्ष पदका प्रत्यासी गाहा मगरले आफू २०२१(२०२३ को लागी बिजयी भएमा बेलायतबासी सम्पूर्ण नेपालीहरुको दुख र अफट्यारोमा सहयोग गर्न कामदार भएर रातदिन खटने बाचा गर्दै आफनो समूहको पक्षमा मतदान गर्न अनुरोध गरे। गाहा मगरले एनआरएनए युकेको आर्थिक पारदर्शिता, चुस्त लेखा प्रणाली, नेपाल हाउस परियोजना, भूतपूर्व ब्रिटिश गोर्खा सैनिकहरुको समस्या समाधान, नेपाली नागरिकताको निरन्तरता तथा नेपालमा रहेको पैतृक सम्पत्तिको सुरक्षा, नेपालमा लगानी र पर्यटन प्रबद्र्धन, युवा तथा महिलाहरुको उत्साहजनक सहभागिता र सहज रुपमा एनआरएनएको सदस्यता वितरण लगायतका विषयमा स्पष्ट अजेण्डासहित आएको र प्रतिबद्ध भएर लाग्ने प्रतिज्ञा समेत गरेका छन ।
कार्यक्रममा स्कटल्यांड राज्य परिषदका लागी अध्यक्षका उमेदवार काशीराम भण्डारीको समूहका अधिकांश उमेदवारहरूको उपस्थिति थियो। उपाध्यक्षका उमेदवार उज्ज्वल कार्की, सचिबका उमेदवार मनीष खत्री, कोषाध्यक्षकी प्रत्यासी शर्मिला भण्डारी र सदस्यका प्रयासीहरु टिका खरेल, माधव रेग्मी लगायतले आफनो उमेदवारी र प्रतिबद्धता दर्शाऊदै मत मागेका थिए।
एबरडीनको स्थानीय नेप्लिज हिमालयन एसोसिएसनको सभा हलमा आयोजित कार्यक्रममा नेप्लिज हिमालयन एसोसिएसनका अध्यक्ष नबीन क्षेत्रीले उपस्थित सबैलाई धन्यवाद दिदै एनआरएनएले सबै नेपालीहरूको साझा थलो बनोस र सामाजिक काममा निस्पक्ष भएर काम गरोस भनि अग्रिम शुभकामना दिएका थिए। एसोसिएसनका सचिव डा। मुकुल दाहालद्वारा सहजीकरण गरिएको उक्त कार्यक्रममा स्कटल्यांडका नेपाली समुदायको बाकलो उपस्थिति थियो।