एनआरएनए स्कटल्यांडका उमेदवारहरुको चुनावी चहलपहल, दिवाकर पाण्डे समूह एबरडिनमा

संवाददाता
१२ श्रावण २०७८, मंगलवार २०:०४

बेलायत \ एनआरएनएको नयाँ कार्यसमिति चयनको मिति नजिकिदै गर्दा स्कटल्यांड राज्य समन्वयन परिषद उमेदवारहरुको चुनावी चहलपहलले पनि तिव्रता पाएको छ।यसैबिच दिवाकर पाण्डे अध्यक्षका प्रत्याशी रहेको समूहले एबरडीनबासी नेपाली समुदायसंग परिचय तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ।

नेप्लिज हिमालयन एसोसीसनको सभा हलमा सोमवार साँझ सम्पन्न भएको कार्यक्रममा उपस्थित सबै उमेदवारहरूले आ(आफना प्रतिबद्दता प्रस्तुत गर्दै आगामी निर्वाचनमा आफहरूलाई मत दिई बिजयी गराउन अनुरोध समेत गरेका छन।

एबरडीनमा भएको कार्यक्रममा अध्यक्ष पदका प्रत्यासी पाण्डेले आफनो तर्फबाट १२ बुँदे प्रतिबद्धता प्रस्तुत गर्दै विगतमा स्कटल्यांड राज्य समितिको सचिव हुदा आफूले कोविडको असहज परिस्थितिमा पनि नेपालीको हितमा र नेपालमा सहयोग पुर्याउने सन्दर्भमा राम्रो काम गरेको र एजेन्डाहरुका आधारमा एबरडीनबासी नेपाली समुदायले आफु र आफनो समूहलाई जिताउन सहयोग गर्ने बिश्वास व्यक्त गर्दै मतदान गरि निर्वाचित गर्न अनुरोध गरे।

पाण्डेले अघिल्लो साता सार्वजनिक गरिएको आफनो घोषणापत्रमा उल्लेख गरिए अनुसार नै स्कटल्यान्डमा बस्ने नेपालीहरुमध्ये आधा संख्यालाई एनआरएनएमा आवद्ध गर्ने, स्कटल्यान्डमा नेपाली भाषा, संस्कृति प्रवर्द्धनका लागि विशेष कार्यक्रम ल्याउने, एनआरएनए स्कटल्यान्डलाई च्यारिटीमा दर्ता गर्ने, संस्थागत पारदर्शिता विकास गर्ने, स्थानीय नेपाली संघसंस्थाको सशक्तिकरण र सहकार्य बढाउने, नयाँ पुस्तालाई एनआरएनए अभियानबारे बुझाउने लगायतका प्रतिबद्दता दोहोरयाएका थिए।

कार्यक्रममा उपाध्यक्षका उमेदवार भोजराज खरेल, सचिबका उमेदवार राम प्रसाद कंडेल, कोषाध्यक्षकी प्रत्याशी डली भट्ट, सहकोषाध्यक्षकी प्रत्यासी शुशिला गैरे लगायतले आफनो उमेदवारी र प्रतिबद्धताका बारेमा जानकारी दिदै मत मागेका थिए।

त्यसैगरी, सदस्यका उमेदवारहरु कृष्ण देवकोटा, पदम खरेल, कल्याण आर्यालले पनि आफूलाई जिताउन अनुरोध गरेका थिए। उक्त कार्यक्रममा एबरडीनबाट सदस्य पदमा उमेदवारी दिएका माधव रेग्मीले पनि नेपाली समुदायलाई सहयोग र एनआरएनएको सबलीकरणको लागी आफूले उमेदवारी दिएको जानकारी दिदै मतदान गरि जिताउन अनुरोध गरे।

एबरडीनको स्थानीय नेप्लिज हिमालयन एसोसिएसनको सभा हलमा आयोजित उक्त कार्यक्रमको सहजीकरण संस्थाका उपाध्यक्ष र पत्रकार डा। शिव तिवारी र एनआरएनएका एबरडिन अभियन्ता विदुर खत्रीले गरेका थिए। कार्यक्रममा नेप्लिज हिमालयन एसोसिएसनका अध्यक्ष नबीन क्षेत्री, एनआरएनए स्कटल्यांड संरक्षक यज्ञमूर्ति ढकाल, एनआरएनए स्कटल्यांड सल्लाहकार जोनी पहारी, सामाजिक अभियन्ताहरु टक थापा, तोया सापकोटा, बिष्णु सापकोटा लगायत ग्लास्गो र एडिन्बराका नेपाली समुदायको बाकलो उपस्थिति थियो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*