एनआरएनए यूके अध्यक्ष पदकी उम्मेदवार रोजिना प्रधान राईको समूह स्कटल्यांडमा, आफूहरूलाई मतदान गरी जिताउन अनुरोध

बेलायत / एनआरएनए युकेको उमेदवारहरुको अन्तिम नामावली प्रकाशित भए संगै चुनावी चहलपहल र दौडधुप हवात्तै बढेको छ।
चुनावी दौडका क्रममा आज एनआरएनए यूके अध्यक्ष पदकी उम्मेदवार रोजिना प्रधान राईको समूहले स्कटल्यांडका बिभिन्न स्थानहरुमा बसोबास गर्ने नेपालीहरुसंग अन्तरक्रिया गर्दै आफूहरूको पक्षमा मतदान गरी निर्वाचित गराउन अनुरोध गरेको छ।
एबरडीनमा भएको कार्यक्रममा अध्यक्ष पदकी प्रत्यासी राईले नौ बुँदे प्रतिबद्धता प्रस्तुत गर्दै अहिलेको समय, सन्दर्भ र एजेन्डाहरुका आधारमा स्कटल्यान्डवासी नेपालीले आफुलाई मतदान गरि सहयोग गर्ने बिस्वास व्यक्त गर्नु भयो । उहाँले गोरखाजको समान पेन्शनको लागी पहल गर्ने, एनआरएनएको सदस्यता शुल्क मिनाह तथा आर्थिक निर्भरता कोष स्थापना गर्ने, बेलायतमा एनआरएनएको आफनै सचिवालय भवन निर्माणको लागी पहल गर्ने र नेपाली नागरिकताको निरन्तरताको लागी नेपाल सरकारसंग समन्वय गर्ने लगायतका प्रतिबद्दता प्रस्तुत गर्नु भएको थियो।
कार्यक्रममा उपाध्यक्षका उमेदवार पवन शर्मा, महिलातर्फबाट उपाध्यक्षकी प्रत्याशी सरस्वती केसी, महासचिबका उमेदवार डा. मुकुंद बस्तोला लगायतले आफनो उमेदवारी र प्रतिबद्धताका बारेमा जानकारी दिदै मत माग्नु भएको थियो।
यसैगरी, एनआरएनए स्कटल्यान्ड राज्य समन्वय परिषदका पहिलो निर्बाचित अध्यक्ष छविलाल अर्यालले आफूले चुनौतीका बाबजुत पनि बिगतमा राम्रो काम गरेको भन्दै यसपाली केन्द्रीय समितिको उपाध्यक्ष पदमा उम्मेदवारी दिएकाले आफनो कामको मूल्यांकन गरी मतदान गर्न अनुरोध गर्नु भयो। एनआरएनए स्कटल्याण्ड राज्य परिषदका पहिलो निर्वाचित अध्यक्ष अर्यालको गत दुई वर्षे कार्यकालमा एनआरएनएको अभियानलाई बिस्तार गर्दै स्थानीय सम्पूर्ण नेपाली संघसंस्थालाई पहिलोपटक एकताबद्ध गरी सहकार्यको वातावरण समेत बनाउनु भएको थियो।
स्थानीय नेप्लिज हिमालयन एसोसिएसनको हलमा आयोजित उक्त कार्यक्रमको सहजीकरण एनआरएनएका एबरडिन अभियन्ता विदुर खत्रीले गर्नु भएको थियो।
यसैबीच रोजिना प्रधान राई समूहले स्कटल्यांडको ग्लासगो तथा एडीनबरा लगायतका स्थानहरुमा पनि नेपाली समुदायसंग भेटघाट र छलफल गर्दै आफनो समूहका उमेदवारहरूलाई मतदान गरी बिजयी गराउन अनुरोध गरेको छ।