मालदिभ्समा विष्फोट: पूर्वराष्ट्रपति घाइते

संवाददाता
२४ बैशाख २०७८, शुक्रबार ०८:४९

काठमाडौं \  मालदिभ्सका पूर्वराष्ट्रपति मोहम्मद नाशिद राजधानी मालेमा भएको विष्फोटमा घाइते भएका छन् । बहालवाला सभामुखसमेत रहेका उनको एक अस्पतालमा उपचार भइरहेको छ । मालदिभ्सको प्रहरीले ट्वीटरमार्फत् यसको जानकारी दिएको छ ।

राजधानी मालेको निलोआफरु मागु इलाकामा भएको विष्फोटमा पूर्वराष्ट्रपति नाशिद घाइते भएको प्रहरीले जनाएको छ । स्थानीय मिडियाका अनुसार विहीबार साँझ उनको घर बाहिर विष्फोट भएको थियो । उनी कारमा चढ्न लाग्दा विष्फोट भएको बताइएको छ । उनको घर बाहिर पार्किङ गरेर राखिएका मोटरसाइकलमा विष्फोटक पदार्थ राखेर विष्फोट गराइएको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको बीबीसीले जनाएको छ ।

५३ वर्षीय नाशिद उपचाररत अस्पतालले उनलाई धेरै ठाउँमा चोट लागेको र स्वास्थ्य अवस्था स्थीर रहेको जनाएको छ । मालदिभ्सका बहालवाला राष्ट्रपतिले घटनाको अनुसन्धान भइरहेको जनाएका छन् । विष्फोट उनैलाई लक्षित थियो कि थिएन भनेर आधिकारिक रुपमा पुष्टि हुन सकेको छैन । यद्यपि सत्तारुढ पार्टीका एक सांसदले उनलाई लक्षित गरेर बम विष्फोट गराइएको दाबी गरेको बीबीसीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*