अर्बपति बिल गेट्स र मेलिन्डाले गरे सम्बन्धविच्छेद

संवाददाता
२१ बैशाख २०७८, मंगलवार ०९:४७

हेटौंडा \ माइक्रोसफ्टका संस्थापक अर्बपति बिल गेट्सले पत्नी मेलिन्डा गेट्ससँग सम्बन्धविच्छेद गरेका छन् ।
बिल र मेलिन्डाले सामाजिक सञ्जालमार्फत आफ्नो वैवाहिक सम्बन्धलाई निरन्तरता दिन नसक्ने निर्णयमा पुगेको जानकारी गराएका हुन् ।

उनीहरु २७ वर्ष अघि विवाह बन्धनमा बाँधिएका थिए । बिल र मेलिन्डाका तीन सन्तान छन् । १९७० को दशकमा बिलले माइक्रोसफ्ट कम्पनीको स्थापना गरेका थिए । त्यसमा मेलिन्डा प्रोडक्ट म्यानेजरको रुपमा कार्यरत थिइन् । प्रेममा परेको यो जोडीले १९९४ मा विवाह गरेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*