ताइवानमा रेल दुर्घटना हुँदा ५० जनाको मृत्यु

संवाददाता
२१ चैत्र २०७७, शनिबार ११:२१

काठमाडौं \  ताइवानमा रेल दुर्घटना हुँदा ५० जनाको मृत्यु भएको छ । दुर्घटनामा केही घाइते भएका छन् ।

सुरुङमार्गमा गुडिरहेको रेल लिकबाट बाहिरिएर दुर्घटना भएको बीबीसीले जनाएको छ । लिक छोडेपछि सो रेल एक लरीसँग ठोक्किएको थियो ।

राजधानी ताइपेइबाट ताइतुङ जाँदै गरेको सो रेलमा ५ सय जना यात्रु थिए । ताइवानका राष्ट्रपतिले यो दुर्घटना दशककै ठूलो भएको बताएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*