किमकी बहिनीले अमेरिकालाई दिइन् धम्की !

संवाददाता
४ चैत्र २०७७, बुधबार ०८:५९

काठमाडौं \ उत्तर कोरियाका नेता किम जोङ उनकी बहिनीले अमेरिकलाई धम्की दिएको बीबीसीले जनाएको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले आफ्नो कोरिया नीति सार्वजनिक गर्न उनले माग गरेकी छन् ।

उनकी बहिनी किम यो जोङले अमेरिकाले आफ्नो भूमिमा बारुदको गन्ध फैलाउन खोजेको आरोप लगाउँदै यो अस्थिरताको कारक बन्न सक्ने चेतावनी दिएकी छन् । अमेरिकाले दक्षिण कोरियासँग संयुक्त अभ्यास गरेर उत्तर कोरियमाथि हमलाको प्रयास गरेको दाबी गरेकी छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*