बेलायतमा थप २३१ संक्रमितको मृत्यु, ५ हजार बढी संक्रमित

संवाददाता
२६ फाल्गुन २०७७, बुधबार ०९:४७

लन्डन \  बेलायतमा पछिल्लो २४ घन्टामा कोरोना संक्रमणका कारण थप २३१ जनाको मृत्यु भएको ‘डिपार्टमेन्ट अफ सोसल केयर’ ले जानकारी दिएको छ । यससँगै बेलायतमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या एक लाख २४ हजार ७९७ छ ।

यसैगरी पछिल्लो २४ घन्टामा बेलायतमा थप ५,७६६ जना नयाँ संक्रमित थपिएका छन् । विगतका केहि दिनहरुमा दैनिक संक्रमितको संख्यामा पाँच हजारको हाराहारीमा रहँदै आएको छ । थपिएका नयाँ संक्रमितसँगै बेलायतमा कुल संक्रमित संख्या ४२ लाख २८ हजार ९९८ पुगेको छ ।

बेलायतका अस्पतालमा उपचारार्थ कोरोना संक्रमितको संख्या हाल ९ हजार ४१८ रहेको छ । यसैगरी भेन्टिलेटर बेडमा उपचार गर्नेको संख्या एक हजार ३५६ रहेको छ । हालसम्म कोरोना संक्रमणका कारण बेलायतका अस्पतालमा ४ लाख ४७ हजार ३९७ जना भर्ना भएको सरकारी तथ्यांकमा उल्लेख छ ।

दुई करोड ३७ लाख बढी खोप वितरण

आइतबारसम्मको तथ्याँक अनुसार बेलायतमा कोरोना विरुद्धको पहिलो र दोस्रो डोज गरि दुई करोड ३७ लाख भन्दा बढी खोप वितरण भैसकेको ‘डिपार्टमेन्ट अफ सोसल केयर’ को तथ्यांकमा उल्लेख छ ।

कोरोना विरुद्धको खोप अभियान शुरु भएयता बेलायतमा दुई करोड २५ लाख ९२ हजार ५२८ जनाले खोपको पहिलो डोज लिएका छन् । यसैगरी ११ लाख ८१ हजार ४३१ जनाले खोपको दोस्रो डोज लिएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*