स्विजरल्याण्डमा सार्वजनिक ठाउँमा अनुहार ढाक्ने पाेसाकमा प्रतिबन्ध

काठमाण्डाै \ स्विजरल्याण्डमा सार्वजनिक ठाउँमा अनुहार छोप्ने विषयमा जनमत सङ्ग्रह भएको छ । मुस्लिम महिलाहरूले लगाउने अनुहार छोप्ने बुर्का जस्ता पोसाकको पहिरनमा प्रतिबन्ध लगाउने पक्षमा समर्थन गरिएको छ ।
प्रतिबन्धको पक्ष र विपक्षमा २ प्रतिशतमात्रै मतान्तर रहेको छ । समर्थनमा ५२ र विपक्षमा ४८ प्रतिशत मत खसेको बीबीसीले जनाएको छ । दक्षिणपन्थी स्वीस पिपल्स पार्टीले अघि सारेको प्रस्तावमाथि जनमत सङ्ग्रह गरिएको थियो । तर स्वीस इस्लामिक समूहले मुस्लिम समुदायका लागि कालो दिन भनेको छ ।
सार्वजनिक ठाउँमा अनुहार छोप्ने पहिरनको विषय अरु युरोपेली देशहरूमा पनि विवादित छ । फ्रान्सले सन् २०११ मा अनुहार पूरै ढाक्ने पहिरनमाथि प्रतिबन्ध लगाएको थियो । त्यसपछि नेदरल्याण्डस्, डेनमार्क, अस्ट्रिया पनि त्यस्ता पहिरनमाथि आंशिक वा पूर्ण प्रतिबन्ध लगाएका छन् ।