म्यानमारमा सेनाको आक्रमणबाट एकैदिन ३८ प्रदर्शनकारीको ज्यान गयो

संवाददाता
२० फाल्गुन २०७७, बिहीबार ०७:१९

काठमाण्डौ \ म्यानमारमा सेनाको आक्रमणबाट बुधबार एकैदिन ३८ जना प्रदर्शनकारीको ज्यान गएको छ । नेतृ आङ सान सुकीलगायत नेताहरुको रिहाइको माग गर्दै म्यानमारमा १ महिनाभन्दा लामो प्रदर्शन भैरहेको छ ।

प्रदर्शन हिंसात्मक बन्दै गैरहेको छ । म्यानमारको सेनाले चुनावमा असन्तुष्टि जनाउँदै नेतृ सुकीसहितका नेताहरुलाई हिरासतमा राखेर एक वर्षका लागि संकटकालको घोषणा गरेको छ । सेनाले सबै अधिकार आफ्नो हातमा लिएर सैन्य शासनको घोषणा गरेको छ । चुनावमा सुकीले धाँदली गरेर जितेको सेनाको आरोप छ ।

यसैबीच म्यानमारमा हिंसात्मक गतिविधि बढेको भन्दै छिमेकी देशहरुले संयमता अपनाउन म्यानमारको सेनालाई आग्रह गरिरहेका छन् । सेनाले प्रदर्शनकारीहरुको प्रदर्शन दमन गर्ने क्रममा अहिलेसम्म ५० जनाभन्दा धेरैले ज्यान गुमाइसकेका छन् भने धेरै व्यक्ति घाइते अवस्थामा छन् । म्यानमारमा हरेक दिन हिंसात्मक प्रदर्शन भैरहेको छ । -एजेन्सी

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*