चीनकी चर्चित नायिका लियूले गरिन् नाकको शल्यक्रिया

चीनकी लोकप्रिय नायिका गाओ लियुले हालै आफूमाथि भएको एक त्रासदीपूर्ण घटनालाई आफ्ना प्रशंसकसँग साझा गरेकी छिन् । २४ वर्षकी लियुले केही समय अघि आफ्नो नाकको शल्यक्रिया गराएकी थिइन् तर यो शल्यक्रियाका लागि उनले ठूलो मूल्य चुकाउनु परेको छ । लियुले चीनको ट्वीटर जस्तो प्लेटफर्म वाइबोमा आफ्नो तस्बिर सेयर गरेकी छिन् । यो प्लेटफर्ममा नायिकाका ५० लाखभन्दा बढी फलोअर्स छन् ।
चीनको थुप्रै फिल्म र टिभी शोमा काम गरिसकेकी नायिकाले आफ्नो पोस्टमा लेखिन्, ‘चीनको गुवाङ्झाउ शहरमा एक क्लिनिकबाट नाकको शल्यक्रिया गराएकी थिएँ र मेरा साथीले मलाई यो क्लिनिकको प्लास्टिक सर्जनसँग भेट गराएका थिए । यो प्लास्टिक सर्जरी शल्यक्रिया चार घण्टासम्म चलेको थियो तर मैले अलिकति पनि सोचेकी थिइनँ कि यी चार घण्टापछि मेरा लागि नयाँ समस्या निम्तिनेछ ।’
उनले प्लास्टिक सर्जरी गरेपछि उनको लुक्स राम्रो हुने र उनले फिल्ममा राम्रो अवसर पाउने सम्भावना बढ्ने सोचेकी थिइन् । यद्यपि, आफ्नो नाकको निकै सानो शल्यक्रिया गर्दा पनि उनको नाकमा संक्रमण भयो तत्पश्चात् उनले थुप्रै फलोअप सर्जरी गराउनुपर्यो र अब उनको नाकको हालत यस्तो भइसकेको छ ।