रुसी राष्ट्रपति पुटिनका कट्टर आलोचक नाभाल्नीलाई जेल सजाय

काठमाण्डौ \ रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका कट्टर आलोचक तथा अभियानकर्मी एलेक्सी नाभाल्नीलाई जेल सजाय हुने भएको छ । उहाँलाई मस्कोका एक न्यायाधीशले साढे तीन वर्षका लागि जेल सजाय सुनाएका बीबीसीले जनाएको छ ।
आफूलाई जेल सजाय भएपछि नाभाल्नीले राष्ट्रपति पुटिनविरुद्ध आफूले चुनौती दिएकाले आफ्नो आवाज दबाउन खोजिएको प्रतिक्रिया दिनुभएको छ । नोभिचोक नामक स्नायु प्रणालीमा असर गर्ने विष प्रयोग गरिएका नाभाल्नी महिनौं जर्मनीमा उपचार गरेर फर्किएपछि पक्राउ पर्नु भएको थियो ।
उहाँ पक्राउ परेपछि रुसका विभिन्न सहरमा विरोध प्रदर्शन हुँदै आएको छ । गएको अगष्टमा रूसकै ओम्स्कबाट मस्को जाने क्रममा विमानमा नै अकस्मात बिरामी परेका नाभाल्नीलाई आकस्मिक अवतरण गराई उपचारमा लगिएको थियो । एजेन्सी