डब्ल्यूएचओले भन्यो, ‘बेलायतमा भेटिएको नयाँ स्ट्रेन ५० र दक्षिण अफ्रिकामा भेटिएको भेरियन्ट ५० देशसम्म पुग्यो’

संवाददाता
१ माघ २०७७, बिहीबार ०८:४७

विश्व स्वास्थ्य संगठनले सबैभन्दा पहिला बेलायतमा भेटिएको कोरोनाभाइरसको नयाँ स्ट्रेन अहिलेसम्म ५० देशमा पुगिसकेको जानकारी दिएको छ । यस्तै, दक्षिण अफ्रिकामा भेटिएको अर्को भेरियन्ट २० देशमा पुष्टि भइसकेको छ । संगठनले जापानमा भेटेको तेस्रो भेरियन्टको चिन्ता जताउँदै यसले प्रतिरोधी क्षमतामा असर पार्न सक्ने बताएको छ । यसको परीक्षण हुनुपर्ने आवश्यक रहेको बताएको छ ।

संगठनका अनुसार कोरोनाभाइरस जति बढी फैलन्छ, त्यो त्यति नै धेरै परिवर्तन हुने सम्भावना छ । ठूलो परिमाणमा यो फैलनुको अर्थ यसको थप भेरियन्ट आउन सक्छ । यही भाइरस कोरोनाको कारण बन्ने गर्छ । बेलायतमा पहिलो पटक १४ डिसेम्बरमा नयाँ स्ट्रेनको केस सार्वजनिक भएको थियो । यसलाई VOC 202012/01 नाम दिइएको छ ।
यसको परक्षणको नतिजाबाट थाहा हुन्छ कि यो हरेक उमेर र लिङ्गका मानिसहरुमा एकै किसिमले फैलने गर्छ । यद्यपि, कन्ट्याक्ट ट्रेसिङबाट सार्वजनिक भए अनुसार यसको फैलने दर समान्य भाइरसभन्दा बढी छ । यस्तै पहिलो पटक १८ डिसेम्बरमा दक्षिण अफ्रिकामा भेटिएको भेरियन्ट अब २० देशमा पाइएको छ ।-एजेन्सी

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*