ट्वीटरले सधैंका लागि बन्द गरिदियो ट्रम्पको अकाउन्ट

संवाददाता
२५ पुष २०७७, शनिबार ०८:१३

काठमाडौं । ट्वीटरले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको ट्वीटर अकाउन्ट सधैंका लागि बन्द गरिदिएको छ । हिंसालाई बढावा दिने आशंकालाई मध्यनजर गर्दै उनको अकाउन्ट बन्द गरिएको ट्वीटरले जनाएको छ ।

ट्वीटरले आफ्नो बयानमा भनेको छ, ‘राष्ट्रपति ट्रम्पका हालैका ट्वीटहरुलाई गहनपूर्वक समीक्षा गरियो र @realDonaldTrump अकाउन्ट सधैंका लागि बन्द गर्ने निर्णय लिइयो ।’

यसअघि ट्रम्पका समर्थकहरुले संसद भवनमा प्रवेश गरी आक्रमण गरेपछि ट्वीटरले ट्रम्पको अकाउन्टलाई १२ घण्टासम्मका लागि निलम्बन गरेको थियो । त्यतिबेलै ट्वीटरले यदि यस प्लाटफर्मको नियमलाई तोडेमा सधैंका लागि बन्देज लगाइने चेतावनी दिएको थियो ।

ट्रम्पले हिंसात्मक गतिविधि गर्ने आफ्ना समर्थकहरुलाई ‘देशभक्त’ भनेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*