ला लिगामा बार्सिलोनाले रियल सोसिडाडलाई हरायो : एथ्लेटिको मड्रिड शीर्ष स्थानमा

संवाददाता
२ पुष २०७७, बिहीबार ०७:४५

काठमाण्डौ \  स्पेनिस ला लिगा फुटबलaमा बार्सिलोनाले रियल सोसिडाडलाई २–१ ले हराएको छ ।

आज बिहान नोउक्याम्पमा भएको खेलमा बार्सिलोनाका लागि जोर्डी अल्बा र फ्रेन्की डी जोङ्गले गोल गरे । यस्तै रियल सोसिडाडका लागि विलियन जोसेले एक गोल गरे । जितपछि १२ खेलबाट २० अंक जोडेको बार्सिलोना पाँचौँ स्थानमा छ ।

बार्सिलोनाले रियल सोसिडाडलाई हराएपछि एथ्लेटिको मड्रिड अंक तालिकाको शीर्ष स्थानमा पुगेको छ । उसको ११ खेलबाट २६ अंक छ । दोस्रो स्थानमा झरेको रियल सोसिडाडको १४ खेलबाट २६ अंक छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*