रहेनन् अर्जेन्टिनी फुटबलर म्याराडोना

काठमाण्डौ \ अर्जेन्टिनाका फुटबल लिजेन्डु डिएगो म्याराडोनाको निधन भएको छ । विश्वकै चर्चित फुटबलरका रूपमा हेरिने म्याराडोनाको ६० वर्षको उमेरमा बुधबार निधन भएको हो । कार्डिक अरेस्टु (हृदयघात) का कारण उनको घरमै निधन भएको बताइएको छ ।
दुई हप्ताअघि मात्रै ‘ब्लड कल्ट’ बनेपछि उनको मस्तिष्कको शल्यक्रिया गरिएको थियो ।सर्वकालीन सर्वोत्कृष्ट खेलाडीका रूपमा लिइने म्याराडोनाले आफ्नो कप्तानीमा सन् १९८६ मा अर्जेन्टिनाला विश्व कपको उपाधि दिलाएका थिए ।
आफ्नो करियरमा बार्सिलोना र नापोलीबाट खेलेका म्याराडोनाले दुई ओटा ‘सिरिए ए’ को टाइटल पनि जिताएका छन् ।