‘अफ्रिका फिल्म फोर इम्प्याक्ट फेस्टिभल’मा नेपाली फिल्म ‘आइसक्रिम’लाई दुई अवार्ड

संवाददाता
२३ कार्तिक २०७७, आईतवार १६:१६

काठमाडौं \  ‘अफ्रिका फिल्म फोर इम्प्याक्ट फेस्टिभल’मा नेपाली लघु फिल्म ‘आइसक्रिम’ले दुई अवार्ड जितेको छ । शनिबार राति घोषणा भएको अवार्ड समारोहमा फिल्मले उत्कृष्ट अभिनेत्री र सम्पादन गरि दुई विधामा अवार्ड जितेको फिल्मका निर्देशक संगीता श्रेष्ठले जानकारी दिएकी छन् ।

नोभेम्बर ३ देखि सुरु भएको फेस्टिभलको पहिलो दिनमै फिल्म स्क्रिनिङ भएको थियो । फिल्मले अवार्ड जित्ला भन्ने कल्पना पनि नगरेको भएपनि दुई अवार्ड पाउँदा खुसी लागेको श्रेष्ठले बताइन् । कोरोना महामारीका कारण भर्चुअल रुपमा फेष्टिभल आयोजना भएको थियो ।

सडकमा पैसा माग्दै हिड्ने एक बालिकाको कथा समेटिएको फिल्म ९ मिनेट अवधिको रहेको छ । योगिशा खत्रीको मुख्य भुमिका रहेको फिल्मका लोकेश बज्राचार्य सम्पादक हुन् ।  फिल्म यस अगाडि अमेरिकाको ‘बेस्ट अफ ल्याटिन अमेरिका सर्ट फिल्म फेस्टिभल’, युकेको ‘फस्ट टाइम फिल्ममेकर सेसन्स’, इटालीको ‘इन्टिमलेन्ट फिल्म फेस्टिभल’ र नेपालको ‘मानव अधिकार फिल्म फेस्टिभल २०२०’ मा पनि छनोट भएको थियो ।

यस अगाडि ‘कथा काठमाडौं’ नामको ठुलो फिल्म निर्देशन गरेकी श्रेष्ठले म्युजिक भिडियो, वृत्तचित्र तथा लघु फिल्म निर्देशनमा क्रियाशील रहदै आएकी छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*