बेलायतका सांसदको हत्यामा आतंककारीको हात रहेको आशंका

संवाददाता
१ कार्तिक २०७८, सोमबार ०८:४५

बेलायतका एकजना सांसदको हत्यामा आतंककारीको हात रहेको अनुमान गरिएको छ ।

सांसद डेभिड अमेशको शुक्रबार हत्या भएको थियो । एक अज्ञात व्यक्तिले छुरा प्रहार गरेर उनको हत्याको गरेको थियो ।

उनको हत्याको आरोपमा एक जनालाई पक्राउ गरेको छ । प्रहरीले उनले नै हत्या गरेको अनुमान गरेको बताइएको छ । तर ती व्यक्तिको परिचय भने खोलिएको छैन । यहाँको प्रहरीले उक्त हत्यामा आतंककारी समुदायका व्यक्तिको हात रहेको जनाएको हो ।

प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ तर पनि अरु कुनै व्यक्तिलाई पक्राउ भने गरेको छैन । आफ्नो निर्वाचन क्षेत्रमा कार्यकर्ताहरुसँग भेटघाट गरिरहेका बेला ती सांसदको हत्या भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*