एकसातामा अमेरिकामा दुई नेपाली युवाको मृत्यु

संवाददाता
२० श्रावण २०७८, बुधबार ०७:४०

अमेरिकामा एक हप्तामा दुई नेपाली युवाको मृत्यु भएको छ ।  न्युयोर्क २८ वर्षीय  नेपाली युवा विपिन लम्सालको गत जुलाई २७ तारिख मङ्गलबार मृत्यु भएको थियो भने अमेरिकाकै अर्को राज्य विसकनसिनमा २२ वर्षीय नेपाली युवा सृजन कुँवरको गत जुलाई २८ तारिख बुधवार मृत्यु भएको छ ।

दुवै युवा अचानक बेहोस भएपछि उपचारका लागि अस्पताल पुर्‍याइएको थियो । विपिन कामबाट घर फर्किएर शौचालय प्रयोग गर्न गएको बेला र सृजन पसल (स्टोर)मा काम गरिरहेको समयमा बेहोस भएका थिए । दुवै जनालाई अस्पतालले बचाउन सकेन ।

एनआरएनए अमेरिकाद्वारा जारी विज्ञप्ति अनुसार नेपालमा पर्वत घर भएका विपिन लम्साल २०१६ देखि अमेरिकामा बस्दै आएका थिए । काठमाडौँ दक्षिणकाली नेपाल घर भएका विविधता चिट्ठा (डी भी लोटरी )विजेता सृजन कुँवर भने २०१९ देखि अमेरिका बस्दै आएका थिए ।दुवै युवाको शवलाई नेपाल पठाउन गैर आवासीय नेपाली सङ्घ अमेरिकाले सबै पक्षसँग समन्वय गरिरहेको प्रवक्ता तोया दाहालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*