राष्ट्रिय क्रिकेट टिमका पुर्व कप्तान पारस खड्का माडीमा

संवाददाता
२५ कार्तिक २०७७, मंगलवार १७:१४

चितवन \ माडीबाट उत्पादन हुने क्रीकेट खेलाडीहरुले समेत क्रिकेटमा उल्लेखनीय योगदान दिन सक्ने नेपाली राष्ट्रिय क्रिकेट टिमका पुर्व कप्तान पारस खड्काले बताउनुभएको छ ।

माडीको बसन्तपुरमा क्रीकेट प्रशिक्षण जारी रहदाँ सो को अवलोकन तथा खेलाडी प्रोत्साहनका लागि माडी आउनुभएको राष्ट्रिय खेलाडी खड्काले खेल खेली सफल बन्न खेलप्रति निरन्तर लगाब अपिहार्य रहेको र भौगोलिक विकटताले खेल खेल्न असहजता नहुने बिचार व्यक्त गर्नुभएको थियो ।

माडीमा क्रिकेट संम्भाव्यताको समेत अवलोकनको लागि खड्का माडी आउनुभएको बसन्तपुर युथ क्लबका खेल संयोजक रबि भुर्तेलले जानकारी दिनुभयो । पूर्वकप्तान खड्कालाई क्लबले स्वागत तथा सम्मान गरेको छ । क्रीकेट खेलमा माडीका युवाहरुलाई सक्रिय बनाउन गृहकार्य गरिरहेको बसन्तपुर युथ क्लबको आमन्त्रणमा उहाँ माडी आउनुभएको आयोजकले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*