आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटायो

नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको छ । इण्डियन आयल कर्पोरेशनबाट डिजेल र पेट्रोलको मूल्यमा गिरावट भएर आएपछि नेपालमा पनि राति १२ बजेदेखि लागू हुनेगरी डिजेल र मट्टितेलको मूल्य घटाइएको निगमले जनाएको छ ।
त्यस्तै, हवाई इन्धनमा भने मूल्य वृद्धि भएको छ । पेट्रोल र एलपी ग्यासको मूल्य यथावत राखिएको निगमले जनाएको छ ।