नागरिकता विधेयक प्रमाणिकरण गर्न माग गर्दै संघर्ष समितिद्वारा धर्ना

संवाददाता
१ आश्विन २०७९, शनिबार २३:४०

नागरिकता विधेयक छिटो प्रमाणिकरणको माग गर्दै नागरिकता विहीन संघर्ष समितिले धर्ना दिएको छ।

शनिबार नागरिकता विधेयकलाई राष्ट्रपति विद्यादेवी भण्डारीले शीघ्र प्रमाणिकरण गर्नुपर्ने माग गर्दै नागरिकता विहीन संघर्ष समितिले माइतिघर मण्डलामा धर्ना दिएको हो। नागरिकता विधेयक संसदको दुवै सदनबाट पारित भएर प्रमाणिकरणका लागि राष्ट्रपति भण्डारीसमक्ष पुगिसकेको भएपनि उनले हालसम्म प्रमाणिकरण गरेकी छैनन्।

संघर्ष समितिका अध्यक्ष इन्द्रजित साफीले आफूहरु नेपाली नागरिकता विहीन हुँदा अनेकौँ सास्ती व्यहोर्नु परेको बताए। उनले आफूहरु नेपाली नागरिक बुबाआमाका सन्तान र नेपाली आमाको सन्तानलाई नागरिकता दिनुपर्ने माग गर्दै आन्दोलित भइरहेपनि हालसम्म मागको सम्बोधन नभएको बताए।

सरकारले आफूहरुको संविधानसम्मत् मागलाई पूरा गर्नुपर्ने र राष्ट्रपतिले नागरिकता विधेयकलाई छिटोभन्दा छिटो प्रमाणिकरण गर्नुपर्ने उनले बताए। धर्नामा सहभागीहरुले आफूहरुको भविष्यमाथि खेलवाड नगर्न सरकारसँग आग्रह गरेका छन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*