सिट बाँडफाँट गर्न गठित गठबन्धनको कार्यदलले शीर्ष तहमा प्रतिवेदन बुझायो

संवाददाता
२४ भाद्र २०७९, शुक्रबार ००:५४

सिट बाँडफाँट गर्न गठित सत्ता गठबन्धनको कार्यदलले शीर्ष तहमा प्रतिवेदन बुझाएको छ।

बिहीबार भएको लामो छलफलपछि दलहरूको आ-आफ्नो दावी सहितको सिट बाँडफाँटको प्रतिवेदन बुझाएको हो।

शीर्ष तहसँगको समन्वयमा दिनभर कार्यदलले सिट बाँडफाँटको मोडालिटीमा छलफल गरी प्रतिवेदन तयार गरेर बुझाइएको कांग्रेस नेता एवं सञ्चारमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले जानकारी दिए।

प्रतिवेदनमाथि शीर्ष नेतृत्वबाट थप अध्ययन गरेर सिट भागबण्डाबारे टुंगो लगाउने उनले बताए।

उनले जसपा सिट बाँडफाँटमा असन्तुष्ट रहेको र गठबन्धन छाड्ने भन्ने विषयमा सत्यता नभएको जिकिर गरे। उनले सबै दललाई जितेको अनुभव हुने गरी शीर्ष तहले सिट बाँडफाँटलाई अन्तिम रूप दिने बताए।

कार्कीले शीर्ष तहको बैठक शुक्रबार बस्ने जानकारी दिए।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*