जसपा फुटको संघारमा, यादव र भट्टराईको छुट्टाछुट्टै भेला

संवाददाता
२६ असार २०७९, आईतवार १६:५५

काठमाडौं/ जनता समाजवादी पार्टी फुटको संघारमा पुगेको छ ।जसपा केन्द्रीय कार्यकारिणी समिति अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले छुट्टा-छुट्टै केन्द्रीय समितिको बैठक बोलाएका छन् ।

यादवले असार २९ र ३० गते वीरगन्जमा, भट्टराई पक्षले असार २८ र २९ मा काठमाडौंमा केन्द्रीय समितिको विस्तारित बैठक बोलाएका हुन् । यादव समूहका केन्द्रीय कार्यालय प्रमुख प्रकाश अधिकारीद्वारा शुक्रबार जारी गरिएको वक्तव्यमा असार २९ र ३० गते वीरगन्जमा बैठक डाकिएको जनाइको थियो।

भट्टराई पक्षका नेता विश्वदिप पाण्डेका अनुसार छलफल हुने विभिन्न एजेण्डाहरु तय गरी बैठकको सूचना सबै पदाधिकारी, केन्द्रीय सदस्य, तथा संघीय परिषद् सदस्यलाई पठाइएको छ । जसपाको केन्द्रीय समितिको विस्तारित बैठकको एजेण्डाहरुमा पार्टीको आन्तरिक अवस्था, स्थानीय निर्वाचनको समीक्षा, संगठनबारे छलफल र आगामी कार्ययोजनाबारे छलफल  गरिने पाण्डले अन्नपूर्णलाई जानकारी दिए । यादव पक्षले यसअघि काठमाडौंमा कुनैपनि बैठक नडाकिएको भन्दै वक्तव्य निकालेको थियो ।

केही अराजक एवम् गैरजिम्मेवार व्यक्तिहरूले पार्टीको विधान र निर्णयविपरीत अवैधानिक तथा अनाधिकृतरुपमा सोही दिन जसपा नेपालको केन्द्रीय समितिको विस्तारित बैठक काठमाडौंमा बस्ने भनी भ्रम फैलाइरहेको वक्तव्यमा भनिएको थियो ।Annapurna Post

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*