नेपाली दूतावास बेलायतको घुम्ती सेवाबाट एबरडीनबासी नेपाली लाभान्वित, ज़ुन २७ मा लिभिंगस्टोनमा

संवाददाता
१३ असार २०७९, सोमबार ०४:४६

खबर बाकस/ गैरआबासिय नेपाली संघ स्कटल्यांडको बिशेष अनुरोध र पहलमा नेपाली दुतावास बेलायतद्वारा घुम्ती टोली मार्फत स्कटल्यांडका बिभिन्न स्थानलाई समेटी आफनो सेवालाई बढाउदै निरन्तरता दिन थालेको छ। यस अंतर्गत स्कटल्यांडको एबरडीनमा पूर्वनिर्धारित कार्यक्रम अनुसार दूताबासको घूम्ती सेबा संचालन भएको थियो। जस अन्तर्गत एबर्डिनबासी नेपालीहरु लाभान्वित भएका छन। दूतावासका अधिकारीहरु मार्फत ऐबर्डीनमा बसोबास गर्दै आएका गैरनेपाली नागरिकहरु मध्ये २३ जनाले भिजीट भिसा, २ जनाले NRNA कार्ड र ३ जनाले पासपोर्ट बनाउने काम सम्पन्न भएको छ।

गैरआबासीय नेपाली संघ स्कटल्यांडक़ा अध्यक्ष काशीराम भण्डारीले नेपाली दूतावासबाट नेपालीहरूलाई सेवा र सहयोग गर्न पाउँदा सारै खुसी लागेको भन्दै आगामी दिनमा पनि यसरी नै नेपाली समुदायको लागी दूतावासको सेवाको निरन्तरताको लागी सहजीकरण गर्ने प्रतिबद्धता व्यक्त गर्नु भयो।

आज जुन २७ तारिक सोमबार स्कटल्यांडमै लिभिंगस्टोनबाट गैरआवासीय नेपालीहरुले पासपोर्ट, भिसा, एनआरएनए कार्ड लगायत अन्य कागजातका कामहरुको सेवा लिन सकिने दुताबासले जनाएको छ।

………………………………………………………… 

Livingston

27th June, 2022 , 9 AM- 3 PM सोमबार

स्थान : Bayleaf Indian Restaurant 90 Uphall Station Rd, Pumpherston, Livingston
EH53 0LW ,
………………………………………………………….

एनआरएनए स्कटल्यांडका सचिब मनीष खत्रीले एबरडीनबासी नेपालीहरूलाई उत्साहजनक सहभागिताको लागी धन्यबाद दिदै दूताबासको  सेवा लिन सबै स्कटल्यांडबासी नेपालीहरुलाई अनुरोध गर्नु भएको छ।  कार्यक्रम र सेवाक़ा बारेमा थप जानकारी, सल्लाह- सुझाबको लागि राज्य समिति स्कटल्यान्डको अध्यक्ष काशिराम भण्डारीलाई ०७८७७१२६७६७ मा सम्पर्क गर्न सकिने पनि जानकारी गराउनु भयो।

दूतावासको कार्यक्रम र सेवाका बारेमा विस्तृत जानकारीका लागी तल हेर्नहोस

Image.jpeg

Image_1.jpeg

Image_2.jpeg

Image_3.jpeg

Image_4.jpeg

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*