प्रधानमन्त्री समितिमा नआउनु अनुचित भएको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको ठहर

संवाददाता
५ असार २०७९, आईतवार १७:११

काठमाडौँ — प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले प्रधानमन्त्री शेरबहादुर देउवा बैठकमा अनुपस्थित हुनुलाई अनुचित भएको निर्णय गरेको छ । अमेरिकासँगको एसपीपी सम्झौताको विषयमा छलफलका लागि समितिको आइतबारका लागि तय भएको बैठकमा प्रधानमन्त्रीले अन्तिम समयमा बैठकमा आउन नसक्ने जानकारी गराएका थिए । होहल्ला बीच समिति सभापति पवित्र निरौला खरेलले निर्णय पढेर सुनाएकी थिइन् ।

समितिको निर्णयमा एमाले नेता भीम रावलले फरक मत राखेका छन् । ‘प्रधानमन्त्री समितिमा आउन नसक्नुको कारण जानकारी गराउन ध्यानाकर्षण भयो,’ उनले फरक मत राखेका छन् ।

समितिको सभापति प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध समिति सभापति पवित्र निरौला खरेलले प्रधानमन्त्री शेरबहादुर देउवा बैठकमा अनुपस्थित हुनुलाई ‘लोकतन्त्र र संसदीय समिति प्रणालीको प्रतिकूल’ भएको ठहर गर्नुपर्ने प्रस्ताव गरेपछि विवाद भएको थियो । सत्तारुढ दल कांग्रेसका सांसद्हरुले प्रधानमन्त्रीले कार्यव्यस्तताका कारण उपस्थित हुन नसक्ने सन्देश पठाएपछि त्यस विषयमा धेरै विवाद गर्न नहुने बताएपनि एमाले सांसद्‍हरुले भने प्रधानमन्त्रीले समितिलाई नस्वीकारेको तर्क गरेका थिए ।

‘प्रधानमन्त्रीलाई आमन्त्रण गरिएकोमा अन्तिम क्षणमा सचिवालय मार्फत् समितिमा उपस्थित नहुने जानकारी गराउनुभयो । प्रधानमन्त्री बैठकमा आउन नसक्नुको कारण जानकारी गराउन ध्यानाकर्षण गराउने निर्णय गरियो,’ भनेर समितिको सभापति खरेलले निर्णय सुनाएर बैठक सकेकी थिइन् । कांग्रेसका सांसद्‍हरुले भने सो निर्णय प्रति आपत्ति जनाएका थिए ।

प्रधानमन्त्रीलाई बोलाइएकोमा उहाँले अन्तिम क्षणमा आउन नसक्ने जानकारी दिनुभयो । लोकतन्त्र र संसदीय प्रणालीको प्रतिकूल भएकाले ध्यानाकर्षण गर्ने निर्णय गरियो,’ बैठकमा प्रस्ताव प्रस्तुत गर्दै समिति सभापति पवित्र निरौला खरेलले भनेकी थिइन् ।

समितिको सभापति खरेलले सो प्रस्ताव गरेपछि विवाद भएको थियो । समिति बैठकमा आफ्नो धारणा राख्दै सांसद दिव्यमणी राजभण्डारी र पुष्पा कर्ण कायस्थले समितिमा प्रमुख प्रतिपक्षी दलका नेता सदस्य भएपनि नआएको र पूर्व प्रधानमन्त्री माधव नेपाल नआएको विषय उठाएका थिए ।

यस्तै सुदन किराँतीले भने प्रधानमन्त्री के कारणले नआएको हो त्यो स्पष्ट हुनुपर्ने र निर्णयमा ‘लोकत्नत्र प्रतिकुल हुने गरी’ भन्ने शब्द नराख्न सुझाव दिएका थिए । सांसद् मोहन बानियाँले भने समितिले बोलाएको खण्डमा प्रधानमन्त्री मात्रै नभइ राष्ट्रपति पनि जवाफ दिन आउनुपर्ने जिकिर गरेका थिए । ‘आवश्यकता परेको खण्डमा राष्ट्रपतिलाई पनि बोलाउन सक्छौं । यो संवैधानिक समिति हो,’ उनले भने, ‘मुलुकभित्र हुँदाहुँदै प्रधानमन्त्रीले यो विषयलाई मान्यता नदिएर ख्याल ठट्टामा लिएजस्तो देखिन्छ ।’

साथै एमाले सांसद् भीम रावलले समितिमा आउँछु भनेर बालुवाटारमा ५ दलीय बैठक बस्ने खेद प्रस्ताव गर्नुपर्ने बताएका थिए । ‘एउटा सम्झौताबाट राष्ट्रियता कमजोर हुने भएको छ । अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा नआउने गम्भीर विषय हो । सामान्य विषय होइन,’ उनले भने, ‘सामरिक विषयमा प्रवेश गर्न लाग्यो देश भन्ने विषय उठेको छ । विपक्षी दलका नेता के भए भन्ने । संसद्को सबै परिपाटी थाहा छ । आउने नआउने कुरालाई संसदको नियमावलीले समात्दैन । प्रधानमन्त्री नआउने कुरा र अरु कोही विपक्षी दलको नेता नआउने कुरालाई एउटै विषयमा नियमावलीले राख्दैन ।’

कांग्रेस सांसद् तथा सचेतक पुष्पा भुसालले प्रधानमन्त्रीले समितिमा सन्देश पठाएको र अमेरिकाको भ्रमण औपचारिक रुपमा तय भएपछि सदनमा जानकारी गराउने बताएकोले यसलाई विवादको विषय बनाउन नहुने तर्क राखेकी थिइन।समाचार कान्तिपूरमा छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*