गठबन्धनको तर्फबाट महानगर तथा उपमहानगरमा तालमेलबारे निर्णायक छलफल आज

संवाददाता
६ बैशाख २०७९, मंगलवार १२:३६

स्थानीय तहको निर्वाचनमा महानगरपालिका र उपमहानगरपालिकाको तालमेलबारे निर्णायक छलफल गर्न सत्तारुढ पाँच दलीय गठबन्धनको बैठक २ बजे बस्ने जनाईएको छ। यसअघि प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार बिहान ११:३० बजे गठबन्धनको बैठक बस्ने तय भए पनि आफनो आफनो पार्टीमा थप छलफल गर्न भन्दै बैठक सारिएको छ।

स्थानीय तहमा सानादेखि ठूला सबै दलको दाबीमा अडान बढेपछि सोमबार दुई पटक बसेको गठबन्धनको बैठक बिना निष्कर्ष टुंगिएको थियो।  एकीकृत समाजवादीले ६ महानगरमध्ये १ आफूलाई दिनुपर्ने अडान राखेको छ । एकीकृत समाजवादीले पोखरा महानगरपालिका र माओवादीले भरतपुर महानगरमा मेयरमा अडान राखेको छ।

सूचना तथा सञ्चार प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले महानगर र उपमहानगरको मेयर तथा उपमेयरलगायत अन्य स्थानीयको टुंगो लगाउने तयारी गरिएको बताए। सोमबार गठबन्धनको बैठकबारे जानकारी दिँदै सूचना तथा सञ्चारमन्त्री कार्कीले भने, ‘आज निर्णय हुन नसके पनि निष्कर्षको नजिक पुगेका छौं। तालमेलकै विषय टुंगिन नसक्दा हिजो निर्णय हुन सकेन।’ किन टुंगिन सकेन सहमति नजुटेर हो ? भन्ने सञ्चारकर्मीको प्रश्नमा मन्त्री कार्कीले भने, ‘दिउँसोसम्म अडान कायम थियो। अहिले पछिल्लो बैठकमा सबै जना केही हदसम्म लचिलो हुनुभएको छ। आज दिउँसोसम्म गठबन्धनले तालमेलको विषयमा एउटा निर्णय बाहिर ल्याउँछ।’

स्थानीय तहको निर्वाचन नजिकिँदै गइरहे पनि सत्तारुढ गठबन्धनमा उम्मेदवार छनोट सकसपूर्ण बनिरहेको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*