निर्वाचन आयोगद्वारा स्थानीय तह निर्बाचन निर्देशिका २०७९ जारी

संवाददाता
१८ चैत्र २०७८, शुक्रबार ०२:१८

हेटौंडा / निर्वाचन आयोगले स्थानीय तह निर्वातनमा भाग लिने राजनीतिक दलहरुलाई १७ बुँदे ‘स्थानीय तह निर्वाचन निर्देशिका, २०७९’ जारी गरेको छ ।

आयोगको बुधबार बसेको बैठकले स्थानीय तहसँग सम्बन्धित कानूनी तथा कार्यविधिगत व्यवस्थालाई व्यवस्थित गर्नका लागि निर्देशिका जारी गरेको हो । निर्देशिकामा निर्वाचन अधिकृत, मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिकृत, मतदान अधिकृत तथा कर्मचारी सम्बन्धी व्यवस्था समेटिएको छ ।

यस्तै निर्वाचनसँग सम्बन्धित सरोकारवालाहरूको काम, कर्तव्य र अधिकार, उम्मेदवारको योग्यता तथा मनोयन, मतदाता नामावली, मतदान र मतगणना सम्बन्धी व्यवस्था लगायत निर्वाचनको प्रभावकारी व्यवस्थापनको निम्ति आवश्यक विषयहरू पनि निर्देशिकामा समावेश गरिएका छन् ।

आयोगले नेपालको संविधान तथा निर्वाचन सम्बन्धी प्रचलित कानूनी व्यवस्था समेतको आधारमा स्थानीय तह निर्वाचनमा उम्मेदवार हुने प्रचलित कानून बमोजिम योग्यता पुगेको कुनैपनि व्यक्तिले मनोनयन दर्ता गर्दा स्वघोषणा गर्नुपर्ने व्यवस्था पनि लागू गरेको छ । आफूले गरेको स्वघोषणा प्रति उम्मेदवार स्वयं जिम्मेवार हुनपर्ने नयाँ व्यवस्था लागू गरिएको आयोगले जनाएको छ ।

आयोगले दलहरुको नाममा निर्देशन जारी गर्दै लैंगिक तथा समावेशी प्रतिनिधित्व सुनिश्चित हुने गरी उम्मेदवार मनोनयनको व्यवस्था गर्न पनि आग्रह गरेको हो ।  आयोगले घोषणापत्र लगायत दस्तावेजहरूमा लैङ्गिक तथा समावेशीसम्बन्धी व्यवस्थालाई उचित सम्बोधन गर्न पनि दलहरूलाई भनेको छ । स्थानीय तहको प्रमुख र उपप्रमुख वा अध्यक्ष र उपाध्यक्षको पदमध्ये एक पदमा महिलाको मनोनयन गर्नुपर्ने व्यवस्था रहेको पनि आयोगले दलहरुल स्मरण गराएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*