नेपालभरी लामो दुरीको सवारी साधनको भाडा बढ्ने

संवाददाता
१८ चैत्र २०७८, शुक्रबार ०२:०५

काठमाँडौ/ अब नेपालभरी लामो दुरीको सवारी साधनको भाडा बढ्ने भएको छ। सरकारले भाडा बढाउन सैद्धान्तिक सहमति दिएसँगै यातायात व्यवस्था विभागले आइतबार सूची निकाल्ने भएको हो।

यातायात विभागका महानिर्देशक नवराज घिमिरेले भूगोल हेरी १० देखि १४ प्रतिशतसम्म लामो दूरीका सवारीसाधनको भाडा बढ्ने छ। मन्त्रालयका सहसचिव तुलसीनाथ गौतमका अनुसार मन्त्रीस्तरीय निर्णयले भाडा बढाउन सहमति दिएको बताए।

अहिलेको अवस्थामा पेट्रोल बढेकाले मूल्य बढाउन सहमति दिइएको हो, उनले भने, अब विभागले नयाँ भाडादर सूची सार्वजनिक गरेको छ। महानिर्देशक घिमिरेका अनुसार हिसाब गरेर भाडा दर तय गर्ने बताए। उपत्यकाभित्र भने प्रदेश सरकारले छिट्टै निर्णय गरीने छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*