बकैयाँ गाउँपालिकामा विभिन्न पार्टी परित्याग गरी १ सय ४७ जना कांग्रेसमा प्रवेश

हेटौंडा \ मकवानपुरको पुर्वी क्षेत्र बकैया गाउँपालिकाका ४ वडाका एमाले, माओवादी केन्द्र र राप्रपाका १ सय ४७ जना नेपाली कांग्रेसमा प्रवेश गरेका हुन् । कांग्रेस प्रतिनिधिसभा १ प्रदेशसभा (क) का सभापति सुशान्त श्रेष्ठको सभाध्यक्षता एवं बागमती प्रदेश सभापति तथा कांग्रेस बागमती प्रदेश संसदीय दलाका नेता ईन्द्रबहादुर बानियाँको प्रमूख आतिथ्यतामा सोमबार बकैया गाउँपालिको हात्तिसुँडेमा भएको संयुक्त पार्टी कार्यालय उद्घाटन तथा पार्टी प्रवेश कार्यक्रममा १ सय ४७ जना नेपाली कांग्रेसमा प्रवेश गरेका हुन् ।
कार्यक्रममा बोल्दै प्रमूख अतिथि बानियाँले कांग्रेस भीडको पछाडी हिड्ने नभै नियन्त्रण गरेर राम्रो र सही ठाउँमा अन्य दलहरुसमेत संगै लिएर हिड्ने बताउनुभयो । नेता बानियाँले कम्युनिष्टहरु एमसिसिको बारेमा जनतालाई गलत भ्रम सूचना दिएर गरिव, विपन्न र विकासोन्मुख देशलाई विदेशी शक्ति राष्ट्रले दिएको सहयोगमा खेल्दै जनतालाई झन् विपन्न र गरिव बनाई राजनीति गर्ने पार्टी भएकाले कम्युनिष्टहरुबाट देशमा कहिल्यै जनताको समृद्धि नआउने बताउनुभयो ।
कार्यक्रममा कांग्रेस प्रतिनिधिसभा १ प्रदेशसभा (क) र बकैया गाउँकार्यसमितिको कार्यालयसमेत उद्घाटनसमेत गरिएको थियो । त्यस्तै सोमबार विहान कांग्रेस बागमती प्रदेश कार्यालयमा भएको पार्टी प्रवेश कार्यक्रममा नेकपा एमालेबाट साविक बुढीचौरको वडा अध्यक्षबाट निर्वाचित जुलाफ सिं रुम्बासहित ३ जना नेपाली कांग्रेसमा प्रवेश गरेका थिए ।
उनीहरुलाई सभापति बानियाँले सदस्यता दिएर पार्टीमा स्वागत गर्नुभएको थियो । कार्यक्रममा कांग्रेस मकवानपुरका जिल्ला सभापति बुद्ध लामा, पूर्व सभापति माईकल रामचन्द्र अर्याल, निवर्तमान कार्यबहाक सभापति विष्णु लामिछाने, जिल्ला उपसभापतिद्वय आनन्द कठायत र धर्मराज लामिछाने, सचिव ईश्वर पाठक, जिल्ला सदस्य आनन्दराम पराजुली, महिला नेतृ रिता खनाल, संघीय सभापतिद्वय दामोदर खनाल र लोक मुक्तान, नेपाल विद्यार्थी संघका अध्यक्ष राजु खतिवडा, महिला संघ जिल्ला सचिव निलम देवकोटा, महिला संघ बागमती गाउँपालिका सचिव अप्सरा लामालगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।