डान बागमती प्रदेशमा कंडेलको नेतृत्व

खबरबाकस \ डेमोक्रेटिक एग्रीकल्चरिष्ट एशोसिएसन नेपाल (डान)को बागमती प्रदेश संयोजक समितिको संयोजकमा झलकनाथ कंडेल चयन भएका छन् । समितिको सह संयोजकमा जीवन लामिछाने, सचिवमा डा. सन्दीप सिलवाल, कोषाध्यक्षमा प्रकाश दुवाडी चयन गरिएको छ ।बागमती प्रदेश प्रथम भेलाले सदस्यहरुमा स्वस्तिका चौहान, शर्मिला सुवेदी र शोभित खनाल चयन भएका छन् ।
हेटौंडामा आइतबार नेपाली कांग्रेस बागमती प्रदेश सभा सभापति इन्द्र बहादुर बानियाँको प्रमुख अतिथ्यतामा प्रथम भेला भएको थियो । कांग्रेसको शुभेच्छुक संस्थाको रुपमा रहेको डानले विभिन्न क्रियाकलापहरु गर्दै आइरहेको छ ।
संयोजक कंडेलले डानले गरेका गतिविधि, संगठन र संजाल विस्तार, समृद्ध कृषि नामक म्यागेजिन प्रकाशन, कृषि तथा वन विश्वविद्यालयका विद्यार्थीहरु सँग क्षमता अभिवृद्धि कार्यक्रम, विषयगत तथा नीतिगत बहस तथा छलफल विभिन्न चरणमा गर्दै आइरहेको बताए । कृषि तथा पशुपन्छी क्षेत्रका सरकारी कर्मचारीको हकहितका लागि डानले विभिन्न कार्यक्रमहरु गर्दै आइरहेको बताए ।
कार्यक्रममा बागमती प्रदेशका उद्योग वाणिज्य तथा आपूर्ति राज्यमन्त्री रजनी अमात्य जोन्छे, कांग्रेस प्रदेश महामन्त्री कन्चन बादे, कृषि तथा वन विश्वविद्यालय चितवनका डा. सुर्यकान्त घिमिरे, डानका केन्द्रीय अध्यक्ष कौशलकुमार शर्मा, कांग्रेस मकवानपुरका सभापति बुद्ध लामा लगायत डानका केन्द्रीय पदाधिकारी, आजिवन सदस्य तथा कांग्रेस निकट कर्मचारीहरुको उपस्थिती रहेको थियो ।