जबराविरुद्धको महाअभियोग प्रस्तावमाथि छलफलका लागि आज मिति तोकिने

संवाददाता
२९ फाल्गुन २०७८, आईतवार ०८:२४

काठमाण्डाै \  प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराविरुद्ध संसदमा दर्ता भएको महाअभियोगको प्रस्तावमाथि छलफल हुने दिन र समय आज निर्धारण हुने भएको छ ।

दिउँसो १ बजे बस्ने प्रतिनिधि सभाको बैठकको सम्भावित कार्यसूचीमा जबराविरुद्धको महाअभियोगको प्रस्तावमाथि छलफल हुने दिन र समय आज निर्धारण हुने उल्लेख छ । सभामुख अग्निप्रसाद सापकोटाले महाअभियाेगबारे छलफल हुने दिन र समय तोक्नुहुनेछ ।

जबराविरुद्ध फागुन १ गते माओवादीका प्रमुख सचेतक देव गुरुङ, कांग्रेस सचेतक पुष्पा भुसाल र नेकपा (एकीकृत समाजवादी) का प्रमुख सचेतक जीवनराम श्रेष्ठले महाभियोग प्रस्ताव दर्ता गरेका थिए । प्रस्तावमा ९५ जना सांसदहरूले समर्थन जनाएका छन् ।

प्रतिनिधि सभाको यसअघिको बैठकले महाभियोग सिफारिस समिति गठन गरिसकेको छ । ११ सदस्यीय महाभियोग सिफारिस समितिमा संसदमा अवरोध गरिरहेको एमाले पनि सहभागी भएको छ । महाअभियोग प्रस्ताव दर्ता भएसँगै जबरा निलम्बनमा परिसक्नुभएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*