निबन्ध प्रतियोगितामा बास्कोटा बनिन् प्रथम

संवाददाता
२८ फाल्गुन २०७८, शनिबार १९:५४

भीमसेन पौडेल

हेटौंडा \  हेटौंडा–६ चौघडामा रहेको रानी सामुदायिक वन उपभोक्ता समूहको आयोजनामा भएको निवन्ध प्रतियोगितामा मकवानपुरगढी–२ शिखरकटेरीमा रहेको चण्डिका माविकी छात्रा तेजकुमारी बास्कोटा प्रथम भएकी छिन् ।

वन समूहको विद्यालय सचेतना कार्यक्रम अन्तरगत ‘लोपोन्मुख सालक संरक्षणमा सरोकारवालाहरुको भूमिका विषयक’ निवन्ध प्रतियोगितामा बास्कोटा प्रथम भएकी हुन् । बंशगोपाल माविकी छात्रा पुष्पा चौलागाई द्धितीय र जनप्रिय माविकी सुरक्षा घिमिरे तृतिय भएकी छन् ।

प्रतियोगितामा पहिलो हुनेलाई नगद ५ हजार, दोस्रोलाई ४ हजार र तेस्रोलाई ३ हजार रुपैंयासहित प्रमाणपत्र प्रदान गरिएको थियो । प्रतियोगितामा शत्रुघन दुलाल र सुनिल शिवाकोटी निर्णायक रहेका  थिए । हेटौंडा–६ का वडा अध्यक्ष अर्जुनप्रसाद चौलागाईको प्रमुख आतिथ्यता एवं वन समूहका अध्यक्ष विष्णुप्रसाद न्यौपानेको सभाध्यक्षतामा कार्यक्रम भएको थियो ।

कार्यक्रममा जनकल्याण बचत तथा ऋण सहकारीका अध्यक्ष हिमाल पौडेल, कामधेनु सहकारीका अध्यक्ष उदय विडारी, नौलो विहानी सहकारीका अध्यक्ष भरत सापकोटा, प्रतियोगिताका संयोजक केशव धिताल, चित्रेपानी सामुदायिक वनका सदस्य घनप्रसाद सापकोटा, चुच्चेखोला सामुदायिक वनका सदस्य शिव गौतम लगायतको उपस्थिति रहेको थियो ।प्रतियोगितामा विभिन्न ६ वटा विद्यालयका १० जना छात्रछात्राहरुको सहभागिता रहेको कार्यालय सचिव भीमसेन पौडेलले जानकारी दिए।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*