६६ औं वैवाहिक वर्षगाँठमा जेष्ठ नागरिकलाई सम्मान

खबरबाकस \ हेटौंडा उपमहानगर वडा नम्बर ११ निवासी गोपीनाथ उप्रेती तथा सानुमाया उप्रेतीको ६६ औं वैवाहिक वर्षगाँठको अवसरमा जेष्ठ नागरिकलाई सम्मान गरिएको छ ।
शनिबार त्रिभुवन विद्यालय परिसरमा एक कार्यक्रमको आयोजना गर्दै उप्रेती परिवारले जेष्ठ नागरिक सम्मान गरेका हुन् । केक काटेर वर्षगाँठ मनाउदैं वडाभित्र बसोबास गर्ने ७५ वर्ष माथिका जेष्ठ नागरिकलाई सम्मान गरिएको गोपीनाथ उप्रेतीले बताए ।
उनले वडामा बस्ने १५० जना जेष्ठ नागरिकलाई दिवा खाजा, रामनामी, दोसल्ला, न्यानो कपडा गम्सा र हिडडुल गर्न सहज होस भन्ने हेतुले लौरो सहयोग गरेको गोपीनाथ उप्रेतीका छोरा बलराम उप्रेतीले बताए ।
उक्त सम्मान कार्यक्रममा ७५ वर्ष देखी १०१ वर्ष सम्मका जेष्ठ नागरिकहरुको सहभागिता रहेको थियो ।