मकवानपुरगढीको सबै वडा भए बालमैत्री घोषणा

श्रीराम अर्जुन
२७ फाल्गुन २०७८, शुक्रबार १८:४६

 खबरबाकस \  मकवानपुरको मकवानपुरगढी गाउँपालिकालाई बाल मैत्ती घोषणाको पूर्व तयारी अनुरुप शुक्रबार सबै वडाहरु बालमैत्री घोषणा गरिएको छ । यहि चैत्र १२ गते बालमैत्री स्थानीय शासन घोषणा गरिने तयारीमा रहेको गाउँपालिकाले ८ वटै वडा विभिन्न कार्यक्रम गरि वडा घोषणा गरेको हो ।

गाउँपलिकाको अध्यक्ष विदुर हुमागाईको प्रमुख अतिथ्यतामा तथा वडा नम्बर ५को अध्यक्ष जीत बहादुर घिमिरेको सभाध्यक्षतामा वडालाई बाल मैत्री घोषणा गरेका छन् । पञ्चेबाजा सहित धादिङ बजारलाई परिक्रमा गर्दै बालमैत्री सम्बन्धी विभिन्न नारा लगाइएको थियो ।

पालिका अध्यक्ष हुमागाईले वडा सदस्य, कार्यपालिका सदस्य, वडाका कर्मचारी, राजनितिक दलका प्रमुख, विभिन्न सामाजिक संघ संस्थाहरु वन, सहकारी, टोलविकास, विद्यालयका शिक्षक शिक्षिकाहरुलाई सामुहिक प्रतिवद्धता गर्न लगाई वडालाई बालमैत्री घोषणा गरेका थिए । साथै प्रतिवद्धता स्वरुप सामूहिक हस्ताक्षर गरि वडामा बाल विवाह मुक्त र बाल श्रम निकृष्ट वडा घोषणा गरेका थिए ।

No description available.

त्यसैगरि वडा नम्बर २ लाई वडा अध्यक्ष बखान सिं पाख्रीनको अध्यक्षता तथा पालिका उपाध्यक्ष हर्कमाया रुम्बाको प्रमुख अतिथ्यतामा वडालाई बालश्रम निकृष्ट र बालविवाह मुक्त वडा भन्दै बालमैत्री वडा घोषणा गरिएको छ । कार्यक्रममा कार्यपालिका सदस्य, वडाका कर्मचारी, राजनितिक दलका प्रमुख, विभिन्न सामाजिक संघ संस्थाहरु वन, सहकारी, टोलविकास, विद्यालयका शिक्षक शिक्षिकाहरुलाई सामुहिक प्रतिवद्धता गर्न लगाई वडालाई बालमैत्री घोषणा गरेका थिए ।

No description available.

वडा नम्बर ३ मा वडा अध्यक्ष भागवत घिमिरेको अध्यक्षता तथा पालिका प्रमुख प्रशासकीय अधिकृत रामकुमार पुडासैनी, वडा सदस्य, कार्यपालिका सदस्य, वडाका कर्मचारी, राजनितिक दलका प्रमुख, विभिन्न सामाजिक संघ संस्थाहरु वन, सहकारी, टोलविकास, विद्यालयका शिक्षक शिक्षिकाहरुलाई सामुहिक प्रतिवद्धता गर्न लगाई वडालाई बालमैत्री घोषणा गरिएको थियो ।

No description available.

त्यस्तै, वडा नम्बर १ मा वडा अध्यक्ष आइतसिं लोको अध्यक्षता भएको कार्यक्रममा पालिका कृषि शाखा प्रमुख चन्द्रकान्त चौधरी, बालमैत्री कार्यक्रम संयोजक रामप्रसाद दाहाल, वडा सदस्यहरु, कार्यपालिका सदस्य, वडाका कर्मचारी, राजनितिक दलका प्रमुख, विभिन्न सामाजिक संघ संस्थाहरु वन, सहकारी, टोलविकास, विद्यालयका शिक्षक शिक्षिकाहरुको उपस्थिती भई सामुहिक प्रतिवद्धता गर्न लगाई वडालाई बालमैत्री घोषणा गरेका थिए । कार्यक्रममा रानीसेरा माविका प्रअ सुन्दर सिं लोको नेतृत्वमा शान्तिपूर्ण बालमैत्री ¥याली सहित विद्यार्थीहरुको सहभागिाता रहेको थियो ।

No description available.

वडा नम्बर ४ मा वडा अध्यक्ष रामप्रसाद तिमल्सिनाको अध्यक्षता तथा पालिका महिला तथा बालबालिका शाखा प्रमुख मन्दिरा थापा, वडा सदस्यहरु कार्यपालिका सदस्य, वडाका कर्मचारी, राजनितिक दलका प्रमुख, विभिन्न सामाजिक संघ संस्थाहरु वन, सहकारी, टोलविकास, विद्यालयका शिक्षक शिक्षिकाहरुलाई सामुहिक प्रतिवद्धता गर्न लगाई वडालाई बालमैत्री घोषणा गरिएको थियो ।

यसैगरि वडा नम्बर ६ का वडा अध्यक्ष टिका प्रसाद दाहालको अध्यक्षतामा भएको कार्यक्रममा पालिका स्वास्थ्य शाखा प्रमुख ध्रुवप्रसाद लामिछाने, वडा सदस्य, कार्यपालिका सदस्य, वडाका कर्मचारी, राजनितिक दलका प्रमुख, विभिन्न सामाजिक संघ संस्थाहरु वन, सहकारी, टोलविकास, विद्यालयका शिक्षक शिक्षिकाहरुलाई सामुहिक प्रतिवद्धता गर्न लगाई वडालाई बालमैत्री घोषणा गरेका थिए ।

No description available.

वडा नम्बर ७ का वडा अध्यक्ष सुर्य बहादुर रुम्बाको अध्यक्षतामा भएको कार्यक्रममा पालिकाका शिक्षा शाखा प्रमुख राम घलान वडा सदस्य, कार्यपालिका सदस्य, वडाका कर्मचारी, राजनितिक दलका प्रमुख, विभिन्न सामाजिक संघ संस्थाहरु वन, सहकारी, टोलविकास, विद्यालयका शिक्षक शिक्षिकाहरुलाई सामुहिक प्रतिवद्धता गर्न लगाई वडालाई बालमैत्री घोषणा गरिएको थियो ।

No description available.

त्यस्तै वडा नम्बर ८ का अध्यक्ष कुमार घिसिङको अध्यक्षतामा भएको कार्यक्रममा पालिकाका कर्मचारी प्रशासन शाखा प्रमुख सुर्य बहादुर गुरुङ, वडा सदस्य कार्यपालिका सदस्य, वडाका कर्मचारी, राजनितिक दलका प्रमुख, विभिन्न सामाजिक संघ संस्थाहरु वन, सहकारी, टोलविकास, विद्यालयका शिक्षक शिक्षिकाहरुलाई सामुहिक प्रतिवद्धता गर्न लगाई वडालाई बालमैत्री घोषणा गरेका थिए ।

No description available.

सबैवडामा विभिन्न बालमैत्री सम्बन्धी नारा लगाएर, खैजेडी, गीत प्रस्तुत, नृत्य प्रदर्शन गरि वडा घोषणा गरिएको छ । बालमैत्री गाउँपालिका घोषणाको लागि पुग्नुपर्ने सुचकहरु सतप्रतिशत पुगिसकेकाले वडा घोषणा गरिएको बालमैत्री कार्यक्रम संयोजक रामप्रसाद दाहालले बताए ।

No description available.

वडालाई बाल विवाह मुक्त, निकृष्ट बालश्रम मुक्त वडा घोषणा भएकाले वडालाई बालमैत्री घोषणा गरिएको पालिकाका प्रमुख प्रशासकीय अधिकृत रामकुमार पुडासैनीले बताए । उनले शुक्रबार सबै वडा घोषणा भए सबै सुचकहरु जिल्ला समन्वय समिति र बागमती प्रदेश सरकारले अनुगमन, मुल्यांकन हुने र १२ गते शनिबार बृहत कार्यक्रमको आयोजना गरि पालिका घोषणा गरिने बताए ।

No description available.

गाउँपालिकाले प्रत्येक वडामा बालमैत्री सहजकर्ता राखी कामलाई तीव्रता दिएको थियो । २०७८ मंसिरमा घोषणा गर्न तयारी रहदाँ रहदैँ कोरोना कहरका कारण फागुन चैत्र सम्म पुगेको कार्यक्रम संयोजक दाहालले बताए । गाउँपालिकाले बालमैत्री स्थानीय शासन घोषणा निर्देशिका २०७८मा रहि ५१ वटा सुचकमा रहेर काम गरेको थियो । ५१ वटा सुचकहरुमा बाँच्न पाउने अधिकारमा १४ वटा, संरक्षणको अधिकारमा १० वटा, विकासको अधिकारमा ६ वटा, सहभागिताको अधिकारमा ६ वटा र संस्थागत सुचकमा १५ वटा रहेका छन् ।

No description available.

बालमैत्री घोषणा गर्ने नेपालको गाउँपालिका अन्तरगत चौथो, बागमती प्रदेशमा तेस्रो र मकवानपुर जिल्लामा पनि तेस्रो मकवानपुरगढी गाउँपालिका रहेको संयोजक दाहालले बताए । उनले बालमैत्री स्थानीय शासन कार्यान्वयन निर्देशिका २०७८ अनुसार भने नेपालकै दोस्रो गाउँपालिकाको रुपमा मकवानपुरगढी रहेको बताए । उनले पहिलो गाउँपालिका भने पाल्पा जिल्लाको रम्भा गाउँपालिका रहेको बताए । कार्यान्वयन निर्देशिका २०७८ मा ५१ वटा सुचक छन् भने कार्यान्वयन निर्देशिका २०६८ मा ३९ वटा सुचकमा रहेर काम गरिएको थियो ।

No description available.

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*